अर्थ राजनीति ~ तरलता चरम अभावमा पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरुले अभाव चरम भएपछि अहिलेसम्मकै धेरै सापटी चलाएका छन्। नेपाल राष्ट्र बैंकसँग बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा (एसएलएफ) बापत २८ अर्ब ३४ करोड रुपैयाँ उठाएका छन्। यो भनेको अहिलेसम्मकै बढि हो। बैंकहरुले तरलता अभाव भएपछि निक्षेपको ब्याज दर बढाएका छन्। यसले नयाँ निक्षेपमा खासै सुधार हुन सकेको छैन। बरु आयातका लागि ऋण बिस्तार हुँदा तरलता संकट झन्झन् बढिरहेको छ। तरलता संकट परेपछि राष्ट्र बैंकले बिहीबार बैंकहरुलाई सात दिनका लागि ३० अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ। रिपोमार्फत दिन लागिएको यो तरलताको ब्याज एसएलएफभन्दा थोरै कम पर्छ। एसएलएफको ५ प्रतिशत ब्याज हुन्छ भने यसको ४.९६ प्रतिशतसम्म कायम भएको थियो। ‘मैले थाहापाए अनुसार एसएलएफ सापटी मेरो करियरमै सबैभन्दा बढि बुधबार बैंक तथा वित्तीय संस्थाहरुले उठाएका हुन्’ लामो समयदेखि ट्रेजरी विभागमा काम गरेका एक बैंकरले भने, ‘यस्तो अवस्था कहिले पनि आएको थिएन।’ उनले अहिले बैंकबीच तरलताका लागि प्रतिस्पर्धा चलिरहेको छ। आफूभन्दा कम ब्याज हुने बैंकबाट खोस्न थालिएको छ। बैंकहरुले असोज १ गतेबाट लागू हुने ब्याज भदौ ३१ गते प्रकाशित गरिसक्नु पर्छ। यो ब्याज कम्तिमा एक महिना परिवर्तन गर्न पाइँदैन। त्यसो हुँदा बैंकहरुले आफ्नोभन्दा सस्तो भएको बैंकबाट खोस्न थालेका हुन्। ‘यसले अहिले असन्तुलनजस्तो देखिएको छ। त्यो असन्तुलन पुर्नका लागि बैंकहरुले राष्ट्र बैंकसँग उच्च दरमा एसएलएफ उठाएका हुन्’ ती बैंकरले भने। बुधबार १२ पटकसम्म एसएलएफ उठाएका हुन्। चालु बर्ष लागेदेखि नै तरलता संकट सुरु भएको हो। चालु बर्ष मात्र बैंकहरुले ४ खर्ब १० अर्ब ५६ करोड रुपैयाँ उठाइसकेका छन्। नेपाल राष्ट्र बैंकले सीसीडी रेसियो खारेज गरेर सीडी रेसियो कायम गरेपछि तरलता संकट सुरु भएको हो।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति