अर्थ राजनीति ~ विकास बैंकहरुले गएको एक सातामा निक्षेप संकलन र कर्जा लगानी दुबैको दायरा थप विस्तार गरेका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार एक साता (भदौ १९ देखि २५ गते) सम्मको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप ०.२४% प्रतिशतले र कर्जा लगानी ०.७९% ले विस्तार भएको हो । गत हप्ता ४ अर्ब १६ करोड ३७ लाख निक्षेप संकलन गर्न सफल राष्ट्रिय स्तरका विकास बैंकहरुले यो साता ९८ लाखले निक्षेप वृद्धि गर्दै ४ अर्ब १७ करोड ३६ लाख संकलन गरेका छन् । यता कर्जा लगानी तर्फ ०.७९ प्रतिशतले वृद्धि गरेका बैंकहरुले समिक्षा अवधिमा कुल ३ अर्ब ६८ करोड ८० लाख लगानी गरेका छन् । गत हप्ता बैंकहरुले ३ अर्ब ६५ करोड ९१ लाख लगानी गरेका थिए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति