शेयर बजारमा पहिरो, लगानीकर्ता राष्ट्र बैंक घेर्दै

Machchapuchchre

अर्थ राजनीति  ~  यो हप्ताको पहिलो दिन नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ६६ अंकको गिरावट भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा शेयर प्रकृतिको कर्जामा क्याप लगाइदिएपछि शेयर बजारमा ठूलो गिरावट देखिएको हो । नेपाल राष्ट्र बैंकले शेयर प्रकृतिको कर्जामा एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै वित्तीय संस्थाहरुबाट १२ करोडभन्दा बढी शेयर कर्जा लिन नपाउने व्यबस्था गरेपछि बजारमा एक महिनादेखि बजार उतार चढावकाबीचमा कारोबार भइरहेको छ । आइतबार शेयर बजारका केहि लगानीकर्ता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै राष्ट्र बैंक घेराउ गर्न समेत पुगका छन् । नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार भने राष्ट्र बैंकले ल्याएको शेयर धितो कर्जाका कारण बजार उच्च अंकमा घटेको बताउँछन् । उनी भन्छन्, ‘राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा समेटिएको शेयर धितो कर्ताको समय दुई वर्ष सम्म समय पाइन्छ भन्ने हाम्रो बुझाई थियो । तर, पछि आएको एकिक्रित निर्देशिकामा एक वर्षको समय सिमा बनाइएको छ । त्यसमा पनि रिन्यु गर्दा पैसा तिर्नु पर्ने बनाईयो । यसले गर्दा शेयर बजार डिस्ट्रब भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्