उत्साहपूर्वक अधिवेशनमा सहभागी हुन गगन थापाको आग्रह

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेको वडा तहको अधिवेशन आज आरम्भ भएको बताएका छन् । नेता थापाले वडा पार्टी संरचनाको आधारभूत तह मात्र नभई यो पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ भएको बताएका छन्। नेता थापाले सम्पूर्ण क्रियाशील साथीहरूलाई उत्साहपूर्वक यो प्रक्रियामा सहभागी हुन अनुरोध गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, “नेपाली कांग्रेसको वडा तहको अधिवेशन आज आरम्भ हुंदैछ। वडा पार्टी संरचनाको आधारभूत तह मात्र होइन यो पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ पनि हो। सम्पूर्ण क्रियाशील साथीहरूलाई उत्साहपूर्वक यो प्रक्रियामा सहभागी हुन अनुरोध गर्दछु।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्