सानिमा लाइफको शेयर कारोबार सुरु भएकै दिन सकरात्मक सर्किट

Machchapuchchre

अर्थ राजनीति ~  सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएसँगै विहीबार कारोबार सुरु भएको छ । ३०९ रुपैयाँमा कारोबार खुलेको सानिमाको शेयर मूल्य कारोबार सुरु भएको आधा घण्टामै १० प्रतिशतले बढेको छ । १० प्रतिशतले मूल्य बढेपछि सकरात्मक सर्किट लागेको छ । विहीबार सानिमाको शेयर मूल्य ३३९ रुपैयाँ पुगेको छ । सानिमाको २ करोड कित्ता शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो । विहीबार बजार खुलेदेखि शेयर कारोबारमा घटबढ भइरहेको छ । लागतार गिरावट आएको बजारमा बुधबार सामान्य सुधार आएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्