कायममुकायम प्रधानसेनापती प्रभुराम शर्माले सम्हाले कार्यभार

Machchapuchchre

अर्थ राजनीति  ~  कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापा बिदामा बसेसँगै शर्माले आजदेखि कामु प्रधानसेनापतिको कार्यभार सम्हालेका हुन् । प्रधानसेनापती थापाको तीन वर्षको पदावधि भदौ २४ मा सकिँदैछ । उनले अनिवार्य अवकाश पाएका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीले मन्त्रिपरिषदको  साउन १२ को सिफारिसअनुसार शर्मालाई साउन १७ गते  कामु प्रधानसेनापतिमा  नियुक्त गरेकी थिइन् । शर्माले आगामी भदौ २४ गते  नेपालको ४४औँ प्रधानसेनापतिको फुलि लगाउने छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्