अर्थ राजनीति ~ बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे छ । यस्तै तेजाबी सुनको मूल्य प्रतिताेला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । यता चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २७० रुपैयाँ पुगेको छ । हिजो बुधबार चाँदी एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।
आज बढ्याे सुनकाे मूल्य, ताेलाकाे कति पुग्याे ?
