शीर्ष नेताहरु नआउँदा जसपाको बैठकमा ढिलाइ

Machchapuchchre

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको तेस्रो दिनको बैठक सुरु हुन ढिलाइ भएको छ । तुलसी लाल अमात्य स्मृति भवनमा बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठक साढे १२ बजेसम्म सुरु हुन नसकेको हो  । पार्टीका शीर्ष नेताहरु नआएको करण बैठकमा ढिलाई भएको बताइएको छ । आज बस्ने बैठकमा सरकारमा मन्त्री पठाउने विषय, कार्यकारिणी समितिको पूर्णता, संगठन विस्तार तथा समायोजनलगायतको विषयमा छलफल हुने बताइएको छ  । जसपाको आधिकारिकता पाएपछि सुरु भएको बैठकले संसदीय दलको विधान पारित गर्नुको साथै, संसदीय दलको नेता चयन गर्नका लागि तीन सदस्यीय निर्वाचन समिति बनाएको छ ।  त्यस्तै, पार्टीबाट कुन मापदण्डमा मन्त्री पठाउने भन्ने बारेमा निष्कर्ष निकाल्न तीन सदस्यीय एक समिति पनि बनाइएको छ । केन्द्रीय कार्य समितिको अध्यावधिकका लागि पाँच सदस्यीय एउटा अर्को समिति पनि बनाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्