संसद् विघटन मुद्दामा सोमबारसम्म फैसला हुने सम्भावना

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री नियुक्ति र संसद् विघटनसम्बन्धी मुद्दामा आज सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट बहस सकिएपछि जवाफी बहस हुने भएको छ । सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन् । उनीहरूका लागि दुई घण्टा समय तोकिएको छ । सभामुखका तर्फबाट बहस सकेर आजै निवेदकको जवाफी बहस सुरु हुनेछ । निवेदकले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाएका भए पनि संसद् विघटन र प्रधानमन्त्री नियुक्तिमा सभामुखको फरक मत रहेका कारण छुट्टै बहस हुने भएको हो । यसअघि राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट सरकारी र निजी गरी ३२ कानुन व्यवसायीले १४ घण्टा बहस गरेका थिए । बहस गत असार ९ गतेदेखि सुरु भएको हो । सुरुमा निवेदक पक्षका ३६ कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए । जवाफी बहसका लागि ३ घण्टा समय दिइएको छ । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्दैछन् । उनीहरुको बहस सकिएपछि सोमबार एमिकस क्युरीका तर्फबाट २ घण्टा राय राखेसँगै यो मुद्दाको फैसला हुने सम्भावना छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्