नेपाल निकट सांसदहरु : “सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता हुन्न “

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसदहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन नसकिने बताएका छन् । शनिबार बिहान नेता नेपालले आफू निकट सांसदहरुसँग छलफल गरेका थिए । छलफलमा नेता नेपालले राष्ट्रिय राजनीति र पार्टीभित्रको संघर्षबारे ब्रिफिङ गरेका थिए । अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन सम्वाद भएको र बालुवाटारमा भइरहेको बैठक रोक्न सुझाव दिएको नेता नेपालले सांसदहरुलाई बताएका थिए । ब्रिफिङ सुनेपछि सांसदहरुले नेता नेपाललाई सर्वोच्च अदालतमा दिएको रिटबाट फिर्ता लिन नसकिने बताएका थिए । ‘पार्टी एकता जोगाउन लागि पर्न सुझाव दिएका छौं । तर हस्ताक्षर फिर्ताको अडानमा कायम रहनुपर्ने कुरा भएको छ’, एक सांसदले भने । ती सांसदका अनुसार संसद् र संविधान जोगाउन अदालतमा दायर मुद्दामा हस्ताक्षर भएकाले फिर्ता नलिन सुझाव दिइएको हो । ‘हामीले गरेको हस्ताक्षर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मात्रै होइन, संसद् र संविधान जोगाउन हो । त्यसैले औचित्यसहितको हस्ताक्षर फिर्ता लिन हुन्न भन्ने  हो’, ती सांसदले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्