जसपाको ठाकुर–महतो समूहको बैठक आज बस्दै

Machchapuchchre

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको कार्यकारिणी समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगसँग जोडिएको पार्टीको विवाद र समूहभित्रको असन्तुष्टिका सम्बन्धमा छलफल हुने जनाइएको छ । जसपाको वैधानिकताको विवाद अहिले निर्वाचन आयोगमा छ । जसको दबाब ठाकुर–महतो पक्षलाई बढी नै देखिन्छ । आफ्नै समुहका नेताहरुबिच असन्तुष्टि बढेपछि ठाकुर पक्षमा समस्या चुलिएको छ । सर्वोच्च अदालतको गत असार ८ गतेको आदेशले सरकार छोड्न बाध्य हुनुभन्दा अघिदेखि नै ठाकुर–महतो पक्षभित्र असन्तुष्टि बढेको थियो । अहिले बाहिर नै प्रकट भइरहेको छ । अर्कातिर पार्टीको विवाद निर्वाचन आयोगले टुंगो लगाउने प्रक्रियामा छिरेर २२ असारमा दुवै पक्षलाई बोलाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्