अर्थ राजनीति ~ विपक्षी गठबन्धनमा आवद्ध पाँच विद्यार्थी संगठनले संसद् विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले संयुक्त रुपमा सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासनको विरुद्ध तथा संसद् पुनर्स्थापनाको माग गर्दै असार १६ गते ७७ वटै जिल्लामा प्रदर्शन गर्ने नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । संयुक्त संघर्ष समितिको सोमबार बसेको बैठकले असार १७ गते काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने निर्णय भएको उनले बताए । बैठकले विश्व विद्यालयमा देखिएका शैक्षिक समस्याको बारेमा असार १५ गते त्रिभुवन विश्व विद्यालयका उपकुलपति समक्ष र राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षसमक्ष ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति