आज सुनचाँदीकाे मूल्य बढ्यो

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज ७ सय रूपैयाँले बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य तोलामा ९३ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रूपैयाँमा काराेबार भएकाेमा आज ७ सयले बढेकाे हो । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेकाे छ । आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ५५ रूपैयाँ रहेको महासंघले जनाएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्