ओली–नेपाल वार्ता : विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन

Machchapuchchre

अर्थ राजनीति  ~  पार्टीभित्र देखिएको विवाद समाधानका लागि एमालेले कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको भेटमा विवाद मिलाउन कार्यदल गठन गर्ने सहमति भएको हो । कार्यदलमा अध्यक्ष ओली र नेपाल समूहबाट पाँच–पाँच जना सदस्यलाई राखिएको छ । बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले विवाद समाधानका लागि कार्यदल बनाइएको बताए । अध्यक्ष ओलीका तर्फबाट कार्यदलको नेतृत्व संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले गर्ने छन् भने नेपाल समूहको नेतृत्व भीमबहादुर रावलले गर्ने छन् ।कार्यदलमा अध्यक्ष ओली समूहबाट नेम्वाङसहित विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनेछन् । नेपाल समूहबाट भने रावल सहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् । यसअघि गत बिहीबार चपली हाइटमा भएको छलफलमा अध्यक्ष ओली र नेपालबीच विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्