बागमती प्रदेश ट्राफिक प्रहरीद्वारा यो वर्ष उल्लेख्य राजस्व असुल

Machchapuchchre

अर्थ राजनीति  ~  बागमती प्रदेश ट्राफिक कार्यालयले ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनबाट यस वर्ष उल्लेख्य राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म जम्मा १० करोड राजस्व असुल गरेको कार्यालयले यस वर्षको यो अवधिसम्म २१ करोड रुपैयाँ राजस्व असुल उपर गरिसकेको छ । निषेधाज्ञाकै बीच ट्राफिक कार्यालयले उक्त राजस्व संकलन गरेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक शान्तिराम कोइरालाले बताए । ‘हामीले यो वर्ष गत बर्षभन्दा डब्बल राजस्व संकलन गरेका छौं,’ उनले भने ‘ट्राफिक नियम उल्लघंन गर्ने २ हजार सवारी साधनबाट २१ लाख घुस दिएका थिए, त्यो लिएनौ र हामीले उनीहरूलाई कारवाही स्वरुप दण्ड जरिवाना गरायौं। ४ लाख घुस त हामीले फिर्ता नै गर्यौ,’ उपरीक्षक कोइरालाले थपे ‘सेवामा समर्पित भएर गतल काम गर्नेलाई निरुत्साहित गर्ने गरिरहेका छौं ।’प्रदेशमा गत वर्षको तुलनामा सवारी साधनको चाप बढेपनि दुघर्टनामा परि मृत्यु हुनेको संख्या कम भएको दावी कोइरालाको छ । कोइरालाले प्रमुखको कार्यभार सम्हालेपछि संस्थागत सुशासन र सुधारको कामलाई जोड दिएको बताए । ‘ट्राफिक नियम उल्लघंन गर्नेलाई कारवाही गर्ने काम तीव्र रुपमा भइरहेको छ’, उनको भनाइ छ । कोइराला प्रमुख भएर आएपछि वर्षोदेखि हुन नसकेको ट्राफिक प्रहरीको सरुवालगायतका काम पनि भएका छन् । ट्राफिक प्रहरीमा संस्थागत सुशासन कायम गर्दै राज्यको प्रणालीका बसेर काम गर्न तथा गराउन लागि परेका प्रउ कोइरालाले सरकारले कोभिड–१९ को महामारीका कारण गरिएको निषेधाज्ञा पालना गराउने कुरामा कुनै कमि नआएको बताएका छन् । निषेधाज्ञाकै बीचमा पनि ट्राफिक प्रहरी कार्यालय बागमतीले सवारी साधनको चेकजाँज गर्नुका साथ हिँडडुल गर्न नदिने देखि अप्ठ्यारोमा परेका आम सर्वसाधारलाई उद्धार गर्ने काम समेत गरिरहेकोे छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्