काठमाडौं र काभ्रेमा भेरोसेलको दोस्रो डोज लगाउन आजदेखि शुरू

Machchapuchchre

अर्थ राजनीति  ~  कोरोना भाइरस विरूद्धको भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाइने भएको छ । काठमाडौं तथा काभ्रेमा आजदेखि भेरोसेलको दोस्रो डोज लगाउन लागिएको हो । यसअघि कोरोना भाइरसविरूद्धको खोपको पहिलो डोज लगाएकालाई भेरोसेलको दोस्रो डोज लगाइन लागेको हो । काठमाडौंमा चैत २५, २६ र २७ गते यो खोपको पहिलो डोज लगाएकालाई आज दोस्रो डोज लगाइँदैछ । त्यस्तै चैत २९ र ३० गते पहिलो डोज लगाएकालाई भोली दोस्रो डोज लगाइने छ । त्यस्तै चैत ३१ र वैशाख २ गते पहिलो डोज  लगाएकालाई जेठ ४ गते, वैशाख ३ र ४ गते पहिलो डोज लगाएकालाई जेठ ५ गते दोस्रो डोज लगाइने छ । त्यस्तै वैशाख ५ र ६ गते पहिलो डोज लगाएकालाई जेठ ६ गते, वैशाख ७, ८, ९ र १० गते पहिलो डोज लगाएकालाई जेठ ७ गते, वैशाख ११ र १२ गते पहिलो डोज लगाएकालाई जेठ ८ गते तथा वैशाख १३ गते पहिलो डोज लगाएकालाई जेठ ९ गते दोस्रो डोज खोप लगाइने भएको छ । त्यस्तै वैशाख १४ गते पहिलो डोज लिएकालाई जेठ १० र वैशाख १५ गते खोप लिएकालाई जेठ ११ गते दोस्रो डोज लगाइने छ । खोप लगाउनका लागि काठमाडौंमा करिब ५० वटा खोप केन्द्रहरू तोकिएका छन् । काठमाडौं महानगरपालिकाका ३२ वटै वडाबाट खोप प्रदान गरिने भएको छ । त्यस्तै चन्द्रागिरी नगरपालिकामा ३, कीर्तिपुर, बुढानीलकण्ठ, गोकर्णेश्वर, टोखा तथा नागार्जुन नगरपालिकामा दुई-दुई खोप केन्द्र तय गरिएको छ । कागेश्वरी मनोहरा, तारकेश्वर, शंखरापुर र दक्षिणकाली नगरपालिकामा भने एक-एक वटा खोप केन्द्र तय गरिएको छ । भक्तपुरमा जेठ ४ देखि र ललितपुरमा जेठ ६ देखि भेरोसेलको दोस्रो डोज खोप लगाइने कार्यतालिका बनाइएको छ । त्यस्तै काभ्रेमा चैत २६ देखि ३० सम्म पहिलो डोज खोप लगाएकाहरूलाई आजदेखि खोपको दोस्रो मात्रा लगाइने भएको छ । चैत ३१ गते लगाएकालाई भोलि, वैशाख २, ३ र ४ गते खोप लगाएकाहरूलाई जेठ ४ मा र वैशाख ५ र ६ गते पहिलो डोज लगाएकालाई जेठ ५ र ६ गते दोस्रो डोज खोप लगाइने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्