जसपाले आज ‘निर्णायक‘ छलफल गर्दै

Machchapuchchre

अर्थ राजनीति  ~  नयाँ सरकार गठनका विषयमा जनता समाजवादी पार्टी (जसपा)मा आज ‘निर्णायक’ छलफल हुँदैछ । अध्यक्ष महन्थ ठाकुर पक्षले नयाँ गठबन्धनमा इच्छा देखाएको छैन । अर्का अध्यक्ष उपेन्द्र यादव पक्षचाहिँ केपी ओलीलाई सत्ताच्यूत गरी कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्नेमा दृढ देखिएको छ । हिजो यसबारे सामान्य छलपल भए पनि नेताहरूकाे आ–आफ्नै अडानका कारण कुनै सहमति हुन सकेन । जसपाकै कतिपय नेताले आजको बैठकलाई ‘निर्णायक’ भनेका छन् । जसपाले संस्थागत रूपमा साथ दिए नयाँ सरकार बन्न सक्छ  तर, दुई पक्षबीचको मतभेद सतहमा आएकाले कांग्रेसले सिंगो जसपाको साथ पाउन कठिन देखिन्छ । प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नपाएपछि २७ वैशाखमा राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चुन्न दलहरूलाई तीन दिनको समय दिएकी थिइन् । त्याे समय आज राति ९ बजे सकिँदै छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्