प्रधानमन्त्री र गण्डकीका मुख्यमन्त्रीको छिनोफानो एकै दिन

Machchapuchchre

अर्थ राजनीति  ~  गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको छिनोफानो आगामी सोमबार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते नै संसदमा विश्वासको मत लिँदैछन् । ओलीकै निकट मुख्यमन्त्री गुरुङ नेतृत्वको प्रदेश सरकारको पनि त्यसै दिन छिनोफानो हुनेछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का २८ सांसदले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि १५ वैशाखमै मतदान गर्ने कार्यसूची थियो तर आफ्नो पार्टीका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएको भन्दै राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले मतदान रोक्न माग गर्दै निवेदन सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए । अविश्वासको प्रस्ताव फेल हुने देखेपछि सभामुखले सुनियोजित रुपमा बैठक स्थगित गरेको भन्दै सत्तारुढ नेकपा एमालेले अब प्रदेशसभा बैठक चल्न नसक्ने बताइरहेको थियो । त्यसै बेला प्रदेश प्रमुख अमिक शेरचन पदमुक्त भए भने सीता पौडेल नियुक्त भइन्, उनले बुधबार पदभार ग्रहण गरिसकेकी छन् । प्रदेशसभा बैठक सञ्चालन गर्न सभामुख नेत्रनाथ अधिकारीले २० गते कार्यव्यवस्था परामर्श समिति र २१ गते सर्वदलीय बैठक बोलाए पनि सहमति जुटेन तर बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा २७ गते ११ बजे प्रदेशसभा बैठक बस्ने सहमति जुटेको हो । एमालेले २८ गते बैठक राख्न माग गरेको थियो भने विपक्षी दलले २४ गते नै बोलाउनुपर्ने अडान राखेको थियो । सभामुखले प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेसँग परामर्श गरेर २७ गते बैठक बस्न प्रस्ताव गरे, जसमा दलहरु सहमत भएका छन् ।

अविश्वासको प्रस्ताव पास भएमा विश्वासको मतको प्रक्रिया पनि प्रारम्भ गर्नुपर्ने भएकाले २७ गते नै गरौं भन्ने प्रस्ताव एमालोबाट पनि आएको भन्दै कांग्रेस सांसद कुमार खड्काले भने, ‘हामीले २४ गते सकिँदैन भने २६ गते गरौं भनेका थियौं, सहमतिमै जानुपर्ने भएकाले २७ गते नै गर्नु निधो भयो ।,’उसो त मुख्यमन्त्री गुरुङ प्रधानमन्त्री ओलीले विश्वासको मतको परिणाम हेरेर अगाडि बढ्न चाहन्थे । तर २७ गतेमै एमाले सहमत भएको प्रमुख सचेतक मायानाथ अधिकारीले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्