अर्थ राजनीति ~ सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ९० हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि महासंघले तेजावी सुनको प्रतितोला मूल्य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार भने तेजाबी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको प्रतितोल मूल्यमा पनि पाँच रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १ हजार ३ सय २० रुपैयाँ तोकेको छ ।देशका प्रमुख शहरहरुमा सुरु भएको निषेधाज्ञाका कारण सुनको कारोबार भने शूनय जस्तै रहेको महासंघले जनाएको छ ।
आज सुनको मूल्य तोलामा तीन सयले घट्यो
