एनएमबि बैंक र सांग्रिला डेभलपमेण्ट बैंकलाई ऋणपत्र विक्रीको लागि बोर्डले दियो अनुमति

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल धितोपत्र बोर्डले एनएमवि बैंक र सांग्रिला डेभलपमेण्ट बैंकलाई ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको छ । बोर्डले एनएमबि बैंकलाई दूई प्रकारको ऋणपत्र विक्री गर्न अनुमति दिएको हो । एनएमबि बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको रू. २ अर्ब बराबरको एनएमबि ऋणपत्र २०८७/८८ र १५ वर्षे अवधिको ४ प्रतिशत ब्याजदर रहेको रू. १ अर्ब ५० करोड बराबरको एनएमबि उर्जा ऋणपत्र २०९२/९३ निष्कासनका लागि बैशाख ५ गते अनुमति पाएको हो । एनएमबि बैंकले १० वर्षे अवधिको कुल २० लाख कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता ब्यक्तिगत तबरबाट विक्री गर्नेछ । १५ वर्षे अवधिको १५ लाख कित्ता उर्जा ऋणपत्र मध्य भने बैंकले ६ लाख कित्ता सर्वसाधारणको लागि सार्वजनिक निष्कासन मार्फत विक्री गर्नेछ भने ९ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ । बैंकको १० वर्षे अवधिको ऋणपत्र विक्री प्रबन्धकमा एनएमबि क्यापिटल र १५ वर्षे ऋणपत्र विक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

त्यस्तै बैंशाख ६ गते बोर्डले सांग्रिला डेभलपमेण्ट बैंकलाई ९ प्रतिशत ब्याजदर रहेको १० वर्षे अवधिको रू. ७५ करोड बरावरको ७  लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो । जसमध्ये ३ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ४ लाख ५० हजार कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्