साताको पहिलो दिन घट्यो सुनको मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~  साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ रहेको छ । यता, चाँदीको मूल्य पनि घटेको छ । गत शुक्रबार १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्