सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

Machchapuchchre

अर्थ राजनीति ~  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) सामान्य अंकले बढेको छ । आज नेप्से २.६८ अंकले बढेर दुई हजार छ सय ६४ दशमलब ६२ विन्दुमा थामिएको छ भने ५ अर्ब ५३ करोड ८६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये चार समूह बाहेक अन्य सबै समूह बढेका छन् । त्यस्तै, आज सात कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । आज सर्वाधिक शेयर बढ्ने कम्पनीमा महिला लघुवित्त वित्तिय संस्था, युनाइटेड मोदी हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, हिमालय उर्जा विकास कम्पनी, लिबर्टी इनर्जी कम्पनी, हिमालय पावर पार्टनर र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्