माओवादीकाे स्थायी कमिटी बैठक बस्दै

Machchapuchchre

अर्थ राजनीति  ~  माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार विहानका लागि बोलाइएको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्ने सम्भावना रहेको छ । कर्णालीमा एमालेको माधव नेपाल पक्षले माओवादीको साथ दिएपछि हौसिएका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले केन्द्र र अन्य प्रदेशमा पनि सरकार छिट्टै परिवर्तन हुने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । प्रचण्डका पछिल्लो अभिव्यक्तिले माओवादीले छिट्टै सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । माओवादीका एक स्थायी कमिटी सदस्यका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता दिँदै राष्ट्रिय भेला बोलाउने विषयमा पनि छलफल गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्