काठमाडौंमा चट्याङ र हावाहुरीले हवाई उडान प्रभावित

Machchapuchchre

अर्थ राजनीति  ~  दुई दिन लगातारको हावाहुरीसँगै परेको चट्याङका कारण त्रिभुवन विमानस्थलको हवाई सेवा प्रभावित भएको छ। विमानस्थल कार्यालयका अनुसार शुक्रबार विदेशबाट काठमाडौं आएका चार अन्तर्राष्ट्रिय जहाजलाई भारत डाइभर्ट गरिएको थियो । साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सलाई भारतको वनारस पठाइएको थियो। दिल्लीबाट आएको एयर इण्डियाको जहाजलाई समेत वनारस पठाइएको थियो  भने  दोहाबाट आएको कतार एयरवेजको जहाजलाई कोलकाता पठाइएको थियो। दिल्लीबाट आएको नेपाल एयरलाइन्सको जहाजलाई दिल्ली नै फर्काइएको थियो। आन्तरितकतर्फ समेत आकाशमै रहेका बेला ७ वटा जहाज डाइभर्ट गरिएको थियो। ६ वटा बुद्ध एयरका जहाज र एउटा यति एयरको जहाज डाइभर्ट गरी सम्बन्धित गन्तव्यमै पठाइएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्