ज्योति लाईफ इन्स्योरेन्सको शेयर खरिद माग बढ्यो

Machchapuchchre

अर्थ राजनीति  ~  बुधवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको ज्योति लाईफ इन्स्योरेन्सको शेयर खरिद माग सबैभन्दा बढी रहेको छ । दोस्रो कारोबार दिन बिहीवार कारोबारको एक घण्टाको अवधिसम्म १२ हजार ५०० जनाबाट १५ लाख ८३ हजार ७०८ कित्ताको शेयर खरिद माग भएको हो । खरिद चाप उच्च हुदाँ कम्पनीको शेयरमूल्य पनि उच्च दरमा बढेको छ । यस अवधिसम्म कम्पनीको शेयरमूल्य ९ दशमलव ०२ प्रतिशत अर्थात प्रतिकित्ता रू. ३५ ले बढेर अन्तिम मूल्य रू. ४२३ पुगेको हो । कम्पनीको शेयर कारोबार प्रतिकित्ता रू. ३६० देखि खुलेको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. १२० दशमलव २९ र ३६० दशमलव ८७ तोकेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्