अर्थ राजनीति ~ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा ग्रीन डेभलपमेन्ट बैंक, नेपाल इन्स्योरेन्स कम्पनी र मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस शेयरमा मूल्य समायोजन भएको हो ।
ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको ३.८ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक सय ६९ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य एक सय ७५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ७ सय ८१ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ८ सय ४३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । त्यसैगरि, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ६ सय ४२ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य एक हजार ८ सय ३९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।