नेपाल–रावललाई कारबाहीपछि एमालेमा हंगामा

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेमा समानान्तर गतिविधि गर्दै आएका वरिष्ठ नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावललाई संस्थापन पक्षले कारबाहीको घोषणा गरेपछि सो पार्टीमा हंगामा भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल र रावललाई बुधबार ६ महिने निलम्बनको घोषणा गरेका हुन् । ओलीले पार्टी विरोधी गतिविधि गरे थप कारबाहीको चेतावनी समेत दिएका छन् । संस्थापन पक्षको कारबाहीको घोषणालगत्तै नेपाल समूहले कडा आपत्ति जनाएको छ भने ओली समूहले कारबाहीलाई स्वाभाविक रहेको प्रतिक्रिया दिएको छ । यद्यपी प्रतिनिधिसभाको सबैभन्दा ठूलो पार्टीभित्र देखिएको विवाद विभाजनउन्मुख भएको पार्टीकै नेता कार्यकर्ताले टिप्पणी गरेका छन् । भट्टराईले सोमबार राति सामाजिक सञ्जाल ट्वीटरमा कारवाहीप्रति कटाक्ष गर्दै परिणाम उल्टो हुने निश्चित भएकोले कारबाहीबाट फर्कनु नै कल्याण हुने बताएका छन् ।  ‘कार्वाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र हो । परिणाम उल्टो हुने निश्चित छ । फर्कनु नै कल्याण हुने छ ।’, भट्टराईले ट्वीट गर्दै भनेका छन् ।

यसैगरी नेता ठाकुर गैरेले पनि कारबाही गर्ने संस्थापन पक्षको निर्णयको विरोध गरेका छन् । उनले एकता संघर्ष र रुपान्तरणको बाटो छोडेर विभाजनको बाटो कोर्ने अभ्यास सुरु भएको टिप्पणी गरेका छन् ।‘एकता संघर्ष र रुपान्तरणको बाटो छोडेर विभाजनको बाटो कोर्ने अभ्यास सुरु भएको छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेकपा एमालेको एकता कायम राख्न २०७५ जेठ २ गतेको बिन्दुबाट पार्टी संचालन हुनु पर्छ। ’उनले कारबाहीको बाटो नभइ समस्याको समाधान संवादमार्फत खोज्न पनि आग्रह गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्