आजदेखि मेलम्चीको पानीको वितरण थालिँदै

Machchapuchchre

अर्थ राजनीति  ~ सुन्दरीजल आइपुगेको मेलम्चीको पानी आजदेखि विधिवत रूपमा राजधानीका घर घरका धारामा पठाउने भएको  छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड ( केयुकेएल) को पुरानै सिस्टमबाट पानी वितरण गर्न लागिएको हो। मेलम्चीको पानी वितरणका लागि नयाँ पाइपलाइन बिछ्याइएको भए पनि परीक्षण नभइसकेका कारण पुरानै प्रणालीबाट परीक्षण वितरण गर्न लागिएको हो।
पर्याप्त पानी नहुँदा नयाँ पाइपलाइन परीक्षण हुन सकेको थिएन। तत्कालका लागि अहिलेकै सिस्टमबाट वितरण गर्न लागिएको भए पनि विस्तारै नयाँ पाइप्लाइन परीक्षण गर्दै जाने र त्यसबाट वितरण गर्दै जाने योजना छ। तर आइतबारबाट सुरु हुने परीक्षण वितरण कति समयका लागि भन्ने आयोजनाले प्रष्ट पारिसकेको छैन।

मेलम्चीबाट सुन्दरीजल आइपुगेको पानी ट्रिटमेन्ट प्लान्टमा पठाउने कामको शुक्रबार खानेपानी मन्त्री मणिचन्द्र थापाले शुभारम्भ गरेका थिए। प्रशोधन केन्द्रको निरीक्षणमा पूर्वमन्त्री बिना मगर पनि शुक्रबारै सुन्दरीजल पुगेकी थिइन।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्