नेपाल इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा प्रवेश गर्यो

Machchapuchchre Bank

अर्थ राजनीति ~  नेपाल इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। यो बैंकले ०७५ फागुन २२ गतेबाट औपचारिक रुपमा सेवा सुरु गरेको थियो। मुलुकको पूर्वाधारहरूका लागि आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारीको अवधारणामा यो बैंक स्थापना भएको हो। २० अर्ब चुक्ता पुँजीको यो बैंकमा संस्थापक समूहको १२ अर्ब र सर्वसाधारणको ८ अर्ब लगानी छ। बैंकले हालै सर्वसाधारणका लागि सेयर निष्कासन गरी चुक्ता पुँजी २० अर्ब पुयाइसकेको छ। यसमा नेपाल सरकारको १० प्रतिशत लगानी छ। ५० प्रतिशत निजी क्षेत्रका प्रतिष्ठित व्यावसायिक घरानाहरु रहेको लगानी छ भने कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, वाणिज्य बैंकहरू र बिमा कम्पनीहरु समेतको लगानी छ ।  यसले स्वदेश र विदेशबाट स्रोतको व्यवस्था गरी पूर्वाधार परियोजनामा लगानी गर्छ । बैंकले आफ्नो अगुवाइ ,सह–अगुवाइमा जलविद्युत्, सिमेन्ट क्लिंकराइजेसन, सौर्य ऊर्जा लगायत परियोजनाका लागि कर्जा स्वीकृत गर्दै आएकोछ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्