आजबाट जेष्ठ नागरिकलाई कोरोना विरूद्धको खोप लगाउन सुरु

Machchapuchchre

अर्थ राजनीति  ~ प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार बिहान १०ः०० बजे खोप लगाएर दोस्रो चरणको खोप अभियान शुरू भएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए। दोस्रो चरणको खोप अन्तर्गत आइतबारदेखि सरकारले ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउने भएको छ। यसै सन्दर्भमा आइतबार कीर्तिपुरमा जेष्ठ जेष्ठ नागरिकले खोप लगाएका छन्। पाँगा बालकुमारी स्वास्थ्य चौकीमा कीर्तिपुर नगरपालिकाको वडा नम्बर ५, ७, ८ र ९ का वडाबासीले खोप लगाएका छन्। आजदेखि १० दिनसम्म ६५ वर्षमाथिका नागरिक र त्यसपछि ५५ वर्षमाथिका व्यक्ति, कलेज तथा विद्यालयका शिक्षक तथा कर्मचारीहरु र सार्वजनिक यातायतातका चालक तथा सहचालकलाई खोप लगाइने प्रमुख प्रशासकिय अधिकृत सीता परियारले जानकारी दिइन् । यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ। दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने उनले बताए। खोप अभियान ६ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ। यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो। पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्