(एआईजी) हरिबहादुर पाल : नागरिकको समस्या र सुरक्षामा ध्यान दिनु

Machchapuchchre

अर्थ राजनीति  ~  महानगरीय प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले नागरिकलाई प्राथमिकतामा राखेर काम गर्न मातहतलाई निर्देशन दिएका छन् । बुधबार महानगरीय प्रहरी प्रभाग बालकुमारीको भवन उद्घाटन गर्दै एआईजी पालले समस्या परेपछि मात्रै नागरिक प्रहरी कार्यालयमा आउने बताए । उनले मातहतका प्रहरी कर्मचारीलाई भने– ” नागरिकको समस्या र सुरक्षामा ध्यान दिनुहोला ।’ प्रहरीले स्वार्थ नराखिकन काम गर्नुपर्ने बताउँदै पालले काठमाडौं उपत्यकामा कसैलाई समस्या परेमा आफुलाई सिधै सम्पर्क गर्न आग्रह गरेका छन् । ‘आफ्नो समस्या प्रहरीलाई भन्नुस्’ उनले भने–” तपाईको समस्या मलाई सिधै सम्पर्क गरेर पनि भन्न सक्नुहुन्छ । ” कोटेश्वर–कलंकी सडक खण्डमा हुने दुर्घटना न्युनिकरणका लागि स्थानिय निकायसँग सहकार्य गरेर काम गर्ने पालको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्