अर्थ राजनीति ~ सदा झै शुक्रबार पनि सुन चाँदीको भाउमा उतार चढाब देखिएको छ ।अघिल्लो दिनको भन्दा सुन तोलामा ६ सय रुपैयाँले गिरावट आएको हो । शुक्रबारका लागि बजार मूल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । बिहीबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ घटेर ९० हजार ९ सय रुपैयाँमा आएको छ । महासंघले तेजावी सुनको कारोबार मूल्य ९० हजार ४ सय रुपैयाँ तोकेको छ भने चाँदीको प्रतितोला मूल्य पाँच रुपैयाँले बढेको जनाएको छ । बिहीबार १३१५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ शुक्रबारका लागि १३२० रुपैयाँ कारोबार मूल्य कायम रहेको देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा सेयरको मूल्य उच्च हुनका साथै अमेरिकी डलर बलियो हुनुको प्रभाव सुनचाँदीमा लगानी गर्नेहरूमा परेको छ । शुक्रबार सुन प्रतिऔंस १८२२.४९ र चाँदी प्रतिऔंस २७.०१ डलरमा करोबार भएको छ ।
सुनचाँदीको मुल्यमा उतार चढाब कायमै
