फेब्रुअरी १५ पछि बेलायत पुग्ने नागरिकलाई अनिवार्य क्वारेन्टिन

Machchapuchchre

अर्थ राजनीति  ~  नयाँ प्रजातिको कोरोना भाइरसको कारण समस्यामा परेको बेलायतले बिदेशबाट फर्कने नागरिकहरु  एयरपोर्टबाट सिधै होटलमा पुगी १० रात अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छ । बेलायत सरकारले कोरोना भाइरसको संक्रमणलाई न्युन गर्नका लागि यो उपाय अपनाउनुपर्ने देखिएको बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  यसका लागि सबै तयारी फेब्रुअरी १५ अघि नसकिने भएकाले त्यसपछि मात्र यो नियम कार्यान्वयनमा आउने बताइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हिथ्रो, गाटविक, लण्डन सिटी, बर्मिङहम, ब्रिस्टोल, म्यानचेष्टर, इडेनबर्ग, ग्लास्गो र एबरडिनमा क्वारेन्टिन होटलहरुको ब्यबस्था हुन लागेको  छ। बिदेशमा बस्ने बिशेषगरी कोरोनाको उच्च जोखिममा रहेका देशहरु र यसअघि नै बेलायतले यात्रा प्रतिबन्ध लगाएका देशहरुबाट फर्कने नागरिकलाई यस्तो नियम लगाइने तयारी भएको  समेत स्वास्थ्य मन्त्रालयले  जनाएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्