वैशाखमा तामाकोशीको बिजुली नआउने पक्का जस्तै

Machchapuchchre

अर्थ राजनीति ~  माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको डिजाइन फेरेर वैशाखमै बिजुली बाल्ने लक्ष्य बनाए पनि वैशाखभित्र विद्युत उत्पादन नहुने करिब पक्का जस्तै देखीएको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनाको एक्सपान्सन जोइन्ट  (प्रेसर रिलिज गर्ने पाइप) निर्माण गर्न नसकेपछि डिजाइन नै परिवर्तन गरेर भएपनि वैशाखमा बिजुली उत्पादन गर्ने दाबी कम्पनीले गरेको थियो । महिनौ अगाडी डिजाइन परिवर्तनका लागि विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकले स्वीकृति दिए पनि कन्ट्रयाक्टरले भने अहिलेसम्म पनि परिवर्तित डिजाइनअनुसारको पाइप समेत ल्याउने टुंगो लगाउन नसकेको आयोजना स्रोतले बताएको छ । माघ पहिलो हप्ताभित्रै सबै पेनस्टक पाइपको जडान पूरा गरेर सुरुङको परीक्षण गर्ने योजना रहे पनि एक्स्पान्सन जोइन्ट आइपुग्नै कम्तिमा फागुन पहिलो हप्ता लाग्ने भएकोले यसमा भएको प्रगति हेर्दा फागुन पहिलो हप्ता पनि एक्स्पान्सन जोइन्ट आउने टुंगो लागेको देखिदैन। परिवर्तित डिजाइन अनुसारको पाइप पनि उत्पादन नभएको आयोजना स्रोतको भनाइ छ । उक्त आबस्यक पाइप आउन जति ढिलाइ हुन्छ, त्यति नै  आयोजनाको विद्युत उत्पादन हुने मिति पनि पर धकेलिने निश्चित देखिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्