अर्थ राजनीति ~ प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबारको इजलासमा संसद विघटनका मुद्दामा बहस गर्न अधिवक्ताहरुलाई आधा घण्टाको समय निर्धारण गरिएको जानकारी दिएका छन् । संसद विघटनका मुद्दामा बहस सुरु भएको र सकिने समयबारे जानकारी दिन इजलासमा टाइमर नै राखिएको समेत छ । एउटै अधिवक्ताले लामो समयसम्म बहस गर्दा संसद विघटनको मुद्दा फैसलामा ढिलाइ हुने भएकोले सो नहोस भन्नका लागि यसो गरिएको हो भने जानकारी गरिएको छ ।
संसद विघटनका मुद्दामा बहस गर्न आधा घण्टाको समय मात्र
