ललिता निवास जग्गा प्रकरण अख्तियारले कारबाही गर्न नमिल्ने भन्दै न्यायाधीशद्वारा सर्वोच्चमा रिट

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि चितवन जिल्ला न्यायाधीश विनोद कुरमा गौतमले आफूलाई कारबाही नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । पूर्व उपसचिव गौतमले आफू न्यायाधीश भइसकेकाले भ्रष्टाचार मुद्दा दायर गर्नु गतल भएको दाबी रिटमा गरेका छन् । अख्तियार दुरुपयोग आयोग, प्रमुख आयुक्त, अन्य […]

ओमानसंग फेरी हार्यो नेपाल

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल ओमानसंग लगातार दोस्रो पटक घरेलु मैदानमा पराजित भएको छ । पहिले ब्याटिङ गरेर २४९ रन बनाएको नेपालले राम्रो बलिङ गर्न नसक्दा पराजित हुन पुगेको हो । किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको ओमानले ४७.२ ओभरमा २ विकेट गुमाएर […]

मिडिया काउन्सिल विधेयकमा हेरफेर – जरिवाना हट्यो, लाइसेन्स थपियो

काठमाडौं । सरकारले ल्याएको विवादित मिडिया काउन्सिलसम्बन्धी विधेयकलाई राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सामान्य हेरफेरसहित पारित गरेको छ । अब विधायन समितिले गरेको हेरफेरसहितको प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत हुनेछ । समाचारजन्य सामाग्रीका कारण कसैको प्रतिष्ठामा आँच पुगे मिडिया काउन्सिलले आम सञ्चार माध्यम, पत्रकार र प्रकाशकलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने सक्ने प्रस्तावित व्यवस्था हटाउन […]

बिओके प्रकरणपछि पूर्व सिइओ अजय श्रेष्ठ पहिलो पटक मिडियामा, के के भने ?

बैंक अफ काठमान्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत बिओके प्रकरणपछि पहिलो पटक मिडियामा आएका छन् । उनी नेपाल टेलिभिजन युज एचडिमा हरेक शनिबार राती ८:५०  बजे प्रशारण हुने कार्यक्रम बैंकिङ सेरोफेरो मार्फत पहिलोपटक नेपाली मिडियामा आएका हुन् । उनले उक्त कार्यक्रममा आफु पक्राउ पर्दादेखि अवका रणनीतिसम्मका कुराहरु खोलेका छन् । उनले अन्तर्वार्ताका क्रममा बिओकेले दिएको जाहेरी, […]

१५औं वार्षिकोत्सवको अवसरमा सानिमा बैंकले गर्यो रक्तदान

काठमाडौं । सानिमा बैंकले सामुदायिक सेवा केन्द्रको सहकार्यमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकको १५औं वार्षिकोत्सवको अवसरमा नक्सालमा आयोजित उक्त कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् । सानिमा बैंकले स्थापनाकाल देखिनै सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक […]

दशरथ रंगशालामा दर्शक र पत्रकार कुटिए

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी वर्षाएको छ । मंगलबार १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ । लगतै सागको समापन समारोह छ । त्यसका लागि टिकट खोज्दै मानिसहरु रंगशाला पुगेका थिए । तर सबै टिकट विक्री भइसकेको थियो । उनीहरुलाई हटाउने नाममा प्रहरीले एक समर्थकमाथि लाठी वर्षाएको छ । यतिसम्म […]

युनेस्कोले प्रदेश दुईलाई विभेद गर्यो – प्रभु साह

काठमाडौ । विश्व सम्पदाका लाागि नेपालबाट युनेस्कोले तयार पारेको १० वटा सूचीमा प्रदेश नम्बर २ बाट एउटा पनि नपर्नु दुर्भाग्यपूर्ण भएको भन्दै नेकपा नेता प्रभु साहले आपत्ति जनाएका छन् । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले प्रदेशमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वका थुप्रै सम्पदाहरु हुँदाहुँदै युनेस्कोले कुनै एकलाई पनि अन्तर्राष्ट्रिय मान्यता नदिनु […]

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!