कोशीमा कांग्रेससँगको सहकार्य भंग गर्ने माओवादीको चेतावनी

Artharajniti  ~  नेकपा माओवादी केन्द्र कोशी प्रदेशमा नेपाली कांग्रेससंग सहकारर्य भंग गर्ने चेतावनी दिएको छ । माओबादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले कांग्रेसले धोका दिएको भन्दै कोशीमा कांग्रेससँगको सहकार्य भंग हुन सक्ने बताएका हुन्। बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा माओवादीका उमेद्वार चम्पादेवी कार्की पराजित भएपछि नेम्वाङले कोशी प्रदेशमा कांग्रेससँगको सहकार्य भंग हुने चेतावनी दिएका […]

कांग्रेसको ७८औँ स्थापना दिवसः विभिन्न कार्यक्रम गरी मनाउँदै

Artharajniti  ~  नेपाली कांग्रेसले शुक्रबार (आज) ७८ औँ स्थापना दिवस मनाउँदैछ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी छ । केन्द्रीय कार्यालयमा सभापति […]

पूर्वन्यायाधीशसँग प्रधानमन्त्री : ” संविधानको पालना हाम्रो दायित्व हो “

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । पूर्वन्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्वन्यायधीशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजको हारमोनी बिगार्न र राम्रो […]

मेयर बालेन शाहद्वारा मतदान बहिष्कार

Artharajniti  ~  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने भएका छन् । मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार आज बिहान ९ बजेबाट बागमती प्रदेशको हेटौँडामा भइरहेको राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न मेयर शाह नजाने भएका हुन् । ‘कार्यव्यवस्ताका कारण उहाँ मतदान गर्न जानहुँदैन,’ भूपदेवले भने । २०७९ वैशाखमा स्वतन्त्र उम्मेदवारका रूपमा […]

राष्ट्रियसभा निर्वाचनः सातै प्रदेशमा मतदान जारी, परिणाम पनि आजै आउने

Artharajniti   ~  राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान भइरहेको छ । निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ भने मतदान सकिने बित्तिकै गणना प्रारम्भ गर्ने बताएको छ । आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार सातै प्रदेशमा मतदान भइरहेको छ […]

” बैंकमा रहेको घर जग्गाको लालपुर्जा फिर्ता गर्छौँ ” : दुर्गा प्रसाईँ

Artharajniti  ~  राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईँले फागुन १ गतेबाट अहिलेको राज्य व्यवस्थाविरुद्ध नयाँ अभियान सुरुवात हुने घोषणा गरेका छन् । आज बुटवलमा आयोजना गरिएको ‘अञ्चलस्तरीय‘ कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईँ अहिलेको व्यवस्थाले जनताको हितमा काम नगर्ने भन्दै व्यवस्था परिवर्तन भएको बखत जनताको बैंकमा रहेको घर जग्गाको लालपुर्जा फिर्ता […]

कांग्रेसले सुरु गरेको सहकारीमा एमालेको कब्जाले बेहाल : सभापति देउवा

Artharajniti  ~   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ताका लागि संसारभर मारामार भएको बताएका छन्। ‘सत्ता सबैलाई आवश्यक छ, संसारभरि नै सत्ताका लागि मारामार छ,’ कांग्रेस कास्कीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने, ‘चुनाव हुन्छ। चुनाव लड्नुपर्छ, सबैभन्दा ठूलो जनता हो। जनतामा जानुपर्छ।’ देउवाले अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन नसक्ने बताए। ‘गठबन्धन गर्नुपर्ने हुन्छ। […]

हेटौंडामा पूर्वराजा ज्ञानेन्द्र : राप्रपाको भ्रम, गणतन्त्रमाथि धावा

Atharajniti  ~  हेटौंडाको विभिन्न शक्ति पीठको पूजा अर्चना गर्न हेटौँडा आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा बाक्लै मात्रामा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । सुरक्षा निकायको तथ्यांक अनुसार शाहको समर्थनमा ३ स्थानमा करिब ४ हजार मानिसहरूको सहभागिता रहेको थियो । झट्ट हेर्दा वर्तमान व्यवस्था नै पल्टाउला झैँ गरी पूर्वराजाको पक्षमा कार्यकर्ताहरु प्रस्तुत भएका थिए । राजसंस्थाको पक्षमा […]

मत माग्दै सत्ता गठबन्धनका उम्मेदवार जिल्ला–जिल्लामा

Artharajniti   ~  यही माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारूढ गठबन्धनका उम्मेदवारहरु मत माग्नका लागि जिल्लाका विभिन्न क्षेत्रमा पुगेका छन् । गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने गठबन्धनका उम्मेदवारहरु बागलुङका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया तथा भेटघाट गर्नका लागि बागलुङ आइपुगेका छन् ।  सत्ता पक्षीय पाँचदलीय गठबन्धनका तर्फबाट गण्डकी प्रदेशबाट उम्मेदवार किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा र पदमबहादुर […]

काठमाडौंको तापक्रम यस वर्षकै सबैभन्दा कम

Artharajniti  ~  काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौंमा यस वर्षकै कम तापक्रम (तीन दशमलव दुई) रेकर्ड गरिएको बताउनुभयो । यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रेकर्ड गरिएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै […]