स्वास्थ्य सामग्री खरिद अनियमितताबारे छानविन गर्न नेपाली कांग्रेसको माग

काठमाडाैं । मंगलबार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको देखिएको भन्दै छानविन गर्न माग गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले स्वास्थ्य सामग्री खरिदमा बजार मूल्यभन्दा बढी राज्यकोषको रकम निकासा गराएर गरिएको भ्रष्टाचार तथा अनियमिततामा संलग्नलाई पदमुक्त गर्न सरकारसँग माग गरेको हो। ‘स्वास्थ्य सामग्री खरिदमा बजार मूल्यभन्दा बढी राज्यकोषको […]

संघीय संसदको हिउँदे अधिवेशन– प्रतिनिधिसभाबाट ८ र राष्ट्रियसभाबाट ९ विधेयक पारित

काठमाडौं । संघीय संसद्को पाँचौँ (हिउँदे) अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ । विधेयक अधिवेशनका रुपमा लिइने सो अधिवेशनमा प्रतिनिधिसभामा कूल २५ बैठक बसे भने राष्ट्रियसभातर्फ कूल २६ बैठक बसेका थिए । गत पुस ४ गतेदेखि शुरु भएको अधिवेशनले प्रतिनिधिसभाको नयाँ सभामुखमा अग्निप्रसाद सापकोटालाई निर्वाचित गरेको थियो । यस्तै राष्ट्रियसभामा १८ सांसदको विदाई र […]

प्रधानमन्त्री ओलीद्धारा देशवासीका नाममा सम्बोधन, हेर्नुहाेस पूर्णपाठसहित

काठमाडौँ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले लकडाउन गरेको आज १५औं दिन प्रधानमन्त्री ओली देशवासीका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले अवस्था झन भयावह बन्ने खतरा देखिएपछि लकडाउन बढाउनु परेको बताएका छन् । उनले कोरोना भाइरसको संक्रमण रोक्न थप सावधान नअपनाए अवस्था भयावह बन्न सक्ने अवस्था देखिए पछि लकडाउन बढाइएको बताए । […]

विदेशबाट आउनु भएका सबैले क्‍वारेन्टाइनमा बसेर सहयोग गर्नुहोस् – प्रधानमन्‍त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आएका केही नागरिक क्वारेन्टाइनमा बस्न नमानेको उल्लेख गर्दै स्वघोषणा गर्दै क्वारेन्टाइनमा बस्न आग्रह गरेका हुन् । विदेशबाट आएका सबै नागरिकलाई जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आएर कोरोनाविरुद्धको लडाइँमा सहभागी हुन […]

कोरोना भाइरसले २४ घण्टामा थप ५ हजार २२८ को मृत्यु, ७४ हजारबढी संक्रमित

काठमाडौं– विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ हजार ६५४ पुगेको छ । विश्वका २०९ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार २२८ जनाले ज्यान गुमाएका छन् । यो भाइरस संक्रमितको संख्या १३ लाख ४६ हजार ३५ पुगेको छ । २४ घण्टाको अवधिमा ७३ हजार १३४ नयाँ संक्रमित […]

प्रधानमन्त्री ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका कामबारे जानकारी दिनेछन् । प्रधानमन्त्री ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने जनाइए पनि समय भने तय नभएको स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्रीले आजै देशवासीका नाममा […]

संघीय संसदको पाँचौं हिउँदे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य

काठमाडाैं । संघीय संसदको पाँचौं हिउँदे अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ। संघीय संसदले एक सूचना जारी गर्दै प्रतिनिधि र राष्ट्रियसभा दुवैको चालू अधिवेशन अन्त्य हुने भएको जानकारी दिएको हो। यसअघि बसेको मन्त्रिपरिषद बैठकले चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो। गत पुस ४ गतेबाट शुरु भएको चालू अधिवेशनबाट […]

नेपाली कांग्रेसले सार्वजनिक गर्याे कोरोनाको ‘स्व–परीक्षण एप’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विशेषज्ञ चिकित्सकको परामर्शमा आज एक वेब एप जारी गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको वेबसाइट www.nepalicongress.org/covid19/मार्फत सो एप आज जारी गरेको पार्टी प्रवक्ता एवं विभाग प्रमुख विश्वप्रकाश शर्माले जानकारी दिए । वेब एपमा घरमै बसेर पनि कोरोना भाइरस सङ्क्रमणको लक्षण आफूमा रहे नरहेको […]

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी, लकडाउन एक साता बढाउने तयारी

काठमाडौं– नेपालमा कोरोना भाइरसका दोस्रा संक्रमित देखिएपछि गत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउनको अवधि बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद् बैठक जारी भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा मन्त्रिपरिषद्‌ बैठक शुरु भएको हो । पहिलो चरणको लकडाउन चैत्र १८ मा सकिएपछि २५ गते मध्यारातिसम्म बढाइएको लकडाउन भोलि (मंगलबार) […]

मन्त्रिपरिषद् बैठक बस्दै, १ साता लकडाउन लम्ब्याउने तयारी

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लकडाउन लम्ब्याउने भएको छ । यसबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । स्रोतकाअनुसार कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकमा पनि यसबारे छलफल भएको थियो । सुदूरपश्चिम सरकारले पनि लकडाउन लम्ब्याउन सिफारिस गरेको छ । स्थानीय संक्रमणलाई […]