सुनचाँदीकाे मूल्य बढ्ने क्रममा

अर्थ राजनीति  ~ नेपाली बजारमा सुनको मूल्य आज पुनः बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँमा काराेबार भएकाेमा आज ४ सयले बढेकाे  हो । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९ […]

बिहीवार युनियन हाइड्रोपावरको शेयर खरिदचाप सर्वाधिक देखियो

अर्थ राजनीति  ~ बिहीवार खुलेको शेयर बजारमा सर्वाधिक शेयर खरिद चाप युनियन हाइड्रोपावर कम्पनीको शेयरमा रहेको छ । कारोबारको पौने एक घण्टाको अवधिसम्म कम्पनीको ३ लाख २९ हजार ५०० कित्ता शेयर खरिद माग रहेको छ । यो माग २२ ओटा अर्डरबाट प्राप्त भएको नेप्सेले जानकारी दिएको छ । यो दिन दोस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक […]

जसपाभित्रको लफडाले प्रदेश २ मा हलचल मचिदै

अर्थ राजनीति  ~  जनता समाजवादी पाटी (जसपा) व्यवहारिक रूपमा फुटिसके पनि प्रदेश २ काे सत्ता साझेदारीमा भने दुवै पक्ष ‘पर्ख र हेर’ को रणनीतिमा देखिएका छन् । यहाँ उपेन्द्र-बाबुराम पक्ष केन्द्रीय राजनीतिमा देखिने परिणामपछि मात्र प्रतिक्रिया जनाउने निष्कर्षमा पुगेकाे छ । आर्थिक वर्ष ०७८/०७९ का लागि प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट पारित […]

एनएमबिको ऊर्जा ऋणपत्रमा आकर्षण, पहिलो ४ कार्यदिनमै अत्यधिक आवेदन

अर्थ राजनीति  ~  एनएमबि बैंकद्वारा नेपालमै पहिलोपटक जारी गरेको ऊर्जा ऋणपत्रमा लगानीकर्ताहरुको उल्लेख्य आकर्षण देखिएको छ। बैंकले गत साता जेठ ९ गतेबाट बिक्री खुला गरेको ऋणपत्र पहिलो चार कार्यदिन भित्रै अत्यधिक आवेदन परेपछि बिक्री बन्द गरेको छ। बैंकले वार्षिक चार प्रतिशत ब्याजदरमा एक अर्ब ५० करोड बराबरको १५ वर्षे अवधिको उक्त ऋणपत्र बिक्री खुला गरेको […]

कोरोना बिषेश : बढेन परीक्षण, ३० प्रतिशतमाथि छ संक्रमण दर

अर्थ राजनीति  ~  कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार ७३ जिल्लामा जिल्लाभर र दुई जिल्लामा आंशिक रुपमा निषेधाज्ञा जारी भएको छ । काटमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको ३५ दिन बितिसक्यो र बुधबार मात्र जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय भएको छ र कोरोना संक्रमण दर […]

पुन: प्राप्त चिनियाँ खोप जेठ २५ गतेबाट लगाउन थालिने

अर्थ राजनीति  ~  चीनले अनुदान दिएको कोरोना भाइरस विरूद्धको १० लाख डोज खोप जेठ २५ गतेबाट लगाउन सुरू गर्ने निर्णय भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले मंगलबार बसेको बैठकले जेठ २५ गतेबाट खोप अभियान सुरू गर्ने निर्णय गरेको जानकारी दिए। चीनले अनुदानमा दिने भनेको १० लाख डोज खोपमध्ये  ८ लाख […]

जेठ २ पुग्नका लागि ओलीले नेपाल समूहसंग राखे सर्त

अर्थ राजनीति  ~  नेकपा एमालेका दोस्रो तहका नेताबीच जारी छलफलमा अध्यक्ष केपी शर्मा ओली नेपाल समूहको मागबमोजिम २०७५ जेठ २ कै कमिटी ब्युँताउन सकारात्मक भएका छन् । तर, ओलीले जेठ २ अघिको अवस्थामा फर्कनका लागि सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेको नेपाल समूहका एक […]

लकडाउन पछि जनकपुर–जयनगर रेल सञ्चालन हुने

अर्थ राजनीति  ~  सरकारले थन्क्याएर राखेको रेल हालको निषेधाज्ञा सकिएसँगै सञ्चालन गर्ने फेरि दाबी गरेको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक बजेट तथा कर्मचारीको व्यवस्थापन भइसकेको कारण लकडाउनको अन्त्य भएसँगै रेल सञ्चालनमा आउने बताए । आगामी वर्ष जयनगर–जनकपुर–कुर्ता–बिजलपुरा र जोगवनी–विराटनगर खण्डमा रेल […]

नेपाल- खनाल समूहको केन्द्रीय समिति बैठक बस्दै

अर्थ राजनीति  ~  नेकपा एमालेको नेपाल-खनाल समूहले आफ्नो समूहको केन्द्रीय समिति बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफलका लागि बैठक राखिएको हो । आज ११ बजे भर्चुअल माध्यमबाट हुने बैठक बस्ने भएको हो । पार्टी एकतालाई कायम राख्नका लागि दोस्रो पुस्ताका नेताहरु सक्रिय रहेका बेला नेपाल-खनाल समूहमा अन्तर्विरोध चुलिएको छ । नेता नेपालको […]

सबै संस्थालाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आग्रह

अर्थ राजनिति ~  योगदानमा आधारित सामाजिक सुरक्षा कोषले हालैमात्र सरकारले जारी गरेको बजेट वक्तव्यलाई देखाउँदै सम्पूर्ण संघ–संस्थाहरुलाई कोषमा आबद्ध हुन आग्रह गरेको छ । कोषले एक विज्ञप्ति जारी गर्दै नयाँ बजेटले कोषमा आबद्ध श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने २०७८ जेठ र असार महिनाको योगदान रकम सरकार आफैंले तिरिदिने घोषणा गरेको अवस्थामा मातहतमा रहेका संस्थाहरुलाई जतिसक्दो […]