नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाह संगको अन्तर्वार्ता ( भिडिओ सहित)

अर्थ राजनीति  ~ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाहले  प्रत्येक शनिबार बेलुकी ८ :५० बजे प्रसारण हुने नेपाली टेलिभिजन  छेत्रको एक मात्र विशुद्ध बैंन्किंग कार्यक्रम  ” बैंन्किंग सेरोफेरो ” मा बोल्दै , ” ३७ वर्षदेखि नबिल बैंकले  जे थियो , जे काम गर्थ्यो ,अब आउने दिनहरुमा त्यो काम झन्  राम्रोसंग गर्ने छ […]

” पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ ” : गृहमन्त्री खाँण

अर्थ राजनीति  ~  गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन् । संविधानको रक्षा र जनविश्वासलाई मजबुत बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन आम निर्वाचनसम्म कायम रहने उनको भनाइ छ । रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री समेत रहेका खाँणले […]

सेयर बजार लगातार उकालो लाग्दै

अर्थ राजनीति  ~  लगानीकर्ताको मनोबल फिर्दा सेयर बजार लगातार उकालो लागेको छ। पछिल्लो एक साताभन्दा बढी देखि सेयर बजार सूचक माथि चढ्न थालेको हो। आइतबार यो समाचार तयार पार्दासम्ममा सेयर बजार सूचक नेप्से करिब ४२ अंकले बढिसकेको छ। यससँगै सूचक पुनः २८०० विन्दुमाथि पुगेर २८२४ मा उक्लिसकेको छ। यस क्रममा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक […]

” केपी ओलीले संविधान संशोधनको प्रस्ताव पास हुन दिएनन् ” : अध्यक्ष दाहाल

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव पास हुन नदिएको आरोप लगाउनुभएको छ । अखिल नेपाल शिक्षक संगठन र नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसनको एकता कार्यक्रममा बोल्दै आफू प्रधानमन्त्री हुँदा संविधान संशोधनको प्रस्ताव गरे पनि केपी ओलीले प्रस्ताव पास हुन नदिएको बताउनुभयो […]

एमालेका उपाध्यक्ष भीम रावलले कार्यदलबाट दिए राजीनामा

अर्थ राजनीति  ~  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिनुभएको छ । सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको भन्दै कार्यदल संयोजकबाट राजीनामा दिएको नेता रावलले बताउनुभएको छ । पार्टीका अध्यक्ष ओलीलाई सम्बोधन गर्दै गएको कात्तिक १० मा पेस गरेको लिखित राजीनामामा पार्टी एकता र […]

सुनको मूल्य आज पनि घट्यो

अर्थ राजनीति  ~  साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा आइतबार तीन सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको हो । आइतबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ६२० रुपैयाँ कायम भएको […]

नबिल बैंक र पोखरा विश्वविद्यालयबिच उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि साझेदारी

अर्थ राजनीति  ~  नबिल बैंकले पोखरा विश्वविद्यालयसंग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ । नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त साझेदारीको मुख्य उद्देश्य नबिल बैंकले पोखरा […]

राष्ट्रिय वाणिज्य बैंकले एकैपटक माग्यो आठ सय कर्मचारी

अर्थ राष्ट्रिय  ~  राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागिर खुलेको छ । लोक सेवा आयोगले विभिन्न १२ पदमा ८०० बढी जनाका लागि आवेदन खुला गरेको हो । ९ औं तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक (सूचना प्रविधिसम्म)का लागि आवेदन खुला गरिएको छ । २ जना वरिष्ठ प्रबन्धक, ६ जना प्रबन्धक र १८ जना उपप्रबन्धक […]

प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च परिसरमा प्रदर्शन शुरू

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरु सर्वोच्च अदालत परिसरको एक छेउँमा ब्यानर बोकेर उभिएका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा गरिएको प्रदर्शनमा कृष्णप्रसाद भण्डारी, दमननाथ ढुंगाना लगायत सहभागी छन् । बार एशोसिएसनले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको […]

राष्ट्रपति भण्डारी लुम्बिनी आउँदै , बुद्धमूर्ति अनावरण गर्ने कार्यक्रम

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारी आज (आइतबार) लुम्बिनी आउँदैछिन् । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ह्वाइट जेड स्टोन धातुको बुद्धमूर्ति अनावरण गर्न र लुम्बिनीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी आउन लागेकी हुन् । राष्ट्रपति भण्डारीले लुम्बिनीमा बज्रयानी विहारको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले विमानस्थलमा […]