जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप-२६ आज सुरु हुँदै

अर्थ राजनीति  ~  जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ बेलायतको ग्लास्गो सहरमा आइतबारदेखि सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन् बिभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख ग्लास्गो पुगेका छन् ।  १२ नोभेम्बर सम्म आयोजना हुने विश्व सम्मेलनमा २५ हजारभन्दाबढी सहभागी हुँदैछन् । ग्लास्गोमा आज हुन लागिरहेको विश्व सम्मेलन २६औं सम्मेलन हो । यो सम्मेलन गत वर्ष नै […]

प्राध्यापक संघका पूर्व अध्यक्षहरुले मागे जबराको राजीनामा

अर्थ राजनीति  ~  नेपाल प्राध्यापक संघका पूर्व अध्यक्षहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेका छन् । प्राध्यापक संघका नौ जना पूर्व अध्यक्षहरुले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालतको नेतृत्व गर्न असक्षम भएको भन्दै राजीनामा मागेका हुन् । जबराको राजीनामा माग गर्ने प्राध्यापक संघका पूर्व अध्यक्षहरुमा प्रा. डा. कमलकृष्ण जोशी, प्रा. केशवानन्द […]

तीन महिनादेखि रोकियो आइपीओ निष्कासन अनुमति, २२ कम्पनीको आइपीओ पाइपलाइनमा

अर्थ राजनीति  ~  नेपाल धितोपत्र बोर्डले तीन महिनादेखि कम्पनीहरुलाई आइपीओ निष्कासनका लागि अनुमति दिन रोक्दा पालो पर्खनेहरूको सूची लम्बिँदै गएको छ। गत साउन १४ गते ३ वटा कम्पनीको आइपीओ निष्कासनअनुमति दिएपछि बोर्डले एउटा पनि कम्पनीलाई अनुमति दिएको छैन। बोर्डले साउन १४ गते सार्वजनिक गरेको रिपोर्टमा बुद्धभूमि, साहस ऊर्जा र न्यादी हाइड्रोपावरलाई आइपीओ निष्कासनको अनुमति दिएको […]

प्रधानमन्त्री देउवाको लण्डनमा व्यस्त कार्यतालिका

अर्थ राजनीति  ~ शुक्रबार राति आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवा लण्डनमा  व्यस्त भएका छन् । नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप-२६) अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लण्डन आइपुगेका प्रधानमन्त्री देउवाको कार्यतालिका व्यस्त छ । लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई […]

” स्वदेशमै उत्पादन भएको विद्युतको उपयोगमा जोड दिऔं ” : ऊर्जामन्त्री

अर्थ राजनीति  ~ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युतको उपयोगमा जोड दिनुपर्ने बताएकी छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित विद्युतीय सवारी र्‍यालीको उद्घाटन गर्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा बर्सेनि झण्डै रु दुई अर्ब र […]

कांग्रेस नेता सिंह, ” न्यायालयको गतिरोधको निकास दलहरुले दिनुपर्छ’’

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलले चाँडो निकास दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस सुनसरी-काठमाडौँ सम्पर्क समितिले दीपावली तथा छठ पर्वको अवसरमा शनिवार काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व महामन्त्री सिंहले न्यायालयमा हुन नहुने घटना भइरहेको भन्दै जिम्मेवार दलका नेताहरूले यसमा चाँडो समाधान दिनुपर्ने बताए […]

बारको बैठक जारी, आन्दोलनका कार्यक्रम घोषणा हुने

अर्थ राजनीति  ~  नेपाल बार एसोसिएसनले आन्दोलनका कार्यक्रम घोषणा गर्न बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै  बारले आन्दोलन घोषणा गर्ने भएको हो । अहिले  निर्णयका लागि बारको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । यसअघि गत मंगलबार बसेको समितिको बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिनका लागि आह्वान गरेको गरेको थियो । […]

माधव नेपाल भन्छन् : ” खर्च धेरै भयो, सबै चुनाव एकैपटक गरौं “

अर्थ राजनीति  ~ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तीनै तहको चुनाव एकै पटक हुनुपर्ने धारणा राखेका छन् । उनले छुट्टाछुट्टै चुनाव गर्दा राज्यले ठूलो आर्थिक भार वहन गर्नुपर्ने भन्दै एकैपटक चुनाव गर्नु उत्तम भएको बताएका छन् । पत्रकार महासंघ गण्डकीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलमा नेपालले सबै चुनाव एकैपटक गर्न पाए […]

मध्य भोटेकोशीको आईपीओ आज बाँडफाँट

अर्थ राजनीति  ~  मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) आज (शुक्रबार) बिहान बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको हो । आईपीओ खरिदका लागि २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ […]

प्रधानन्यायाधीश राणाले आज पनि तोके ८ इजलास, न्यायाधीशहरूको बहिस्कार जारी

अर्थ राजनीति  ~  सर्वोच्च अदालतका न्यायाधीशले आज पनि इजलास बहिस्कारलाई निरन्तरता दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज ८ वटा इजलास तोके पनि न्यायाधीशहरू आन्तरिक छलफलमा रहेको एक न्यायाधीशले बताएका छन् । यसअघि बुधबार र बिहीबार एकल इजलास तोकेका प्रधानन्यायाधीश राणाले आज भने आफूसहित कुमार चुडालसमेत रहेको संयुक्त इजलास तोकेका छन्। उक्त इजलासमा ३० वटा […]