मन्त्रालयको भागबण्डा टुंग्याउन कार्यदलको बैठक बालुवाटारमा जारी
अर्थ राजनीति ~ सत्तारुढ गठबन्धन कार्यदलको बैठक बसिरहेको छ । मन्त्रालयको भागबण्डा टुंग्याउन विहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । सत्ता साझेदार दलभित्र कानुनी र व्यवहारिक जटिलताको गाँठो फुकाउँदा फुकाउँदै सरकार बनेको ८० दिन बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । करिब तीन महिनासम्म ६ मन्त्री बनाएका प्रधानमन्त्री देउवाले १८ […]
