पुस महिनामा तरलता अभावको समस्या थप बढ्ने : बैंक

अर्थ राजनीति  ~  आगामी पुस महिनामा तरलता अभावको समस्या थप बढ्ने बैंकहरूले अनुमान गरेका छन् । पुसलाई कर तिर्ने महिनाका रूपमा पनि लिइन्छ । यस महिनामा उद्योगी, व्यापारी तथा स्वयम् बैंक वित्तीय संस्थाहरूले नै ठूलो रकम करबापत सरकारलाई भुक्तानी गर्छन्, फलस्वरूप पुसमा तरलता अभाव थप बढ्ने बैंकहरूको अनुमान छ । सरकारलाई कर तिर्दैमा तरलता अभाव […]

कांग्रेस महाधिवेशन : उम्मेदवारहरुको प्रथम नामावली सार्वजनिक

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबारबाट चुनावी प्रक्रिया सुरु भएको छ । शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्यराति नेपाली वर्णानुक्रमानुसार उम्मेदवारको प्रथम नामावली प्रकाशित गरेको छ । सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। क्रम अनुसार सभापतिका लागि कल्याणकुमार […]

जुम्लामा आज राष्ट्रपतिबाट एमबीबीएस शुभारम्भ गरिंदै

अर्थ राजनीति  ~  आजदेखि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबीबीएसको औपचारिक रुपमा शुभारम्भ हुँदैछ । एमबीबीएस लगायत शैक्षिक कार्यक्रमको आज राष्ट्रपति विद्या भण्डारीले शुभारम्भ गर्ने प्रतिष्ठानले जानकारी दिएको छ । एमबीबीएस कार्यक्रम  शुभारम्भका लागि बिहान ११ बजे हेलिकोप्टरमा राष्ट्रपति भण्डारी जुम्ला पुग्ने  कार्यक्रम छ । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका राष्ट्रपतिले ७६ करोडमा बन्न […]

” काँग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्छ ” : रक्षामन्त्री रिजाल

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा.मीनेन्द्र रिजालले पार्टीको १४ औँ महाधिवेशनबाट काँग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने बताएका छन् । काँग्रेसको १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले महाधिवेशनपछि नेतृत्वमा नयाँ अनुहार आउने बताएका हुन् । “अहिलेको नेतृत्व लिएर निर्वाचनमा जाँदा जनताले नपत्याउन सक्छन्, पार्टीभित्र नयाँ अनुहार आउनुपर्छ”, उनले […]

सुनको मूल्य घट्यो, तोलाको कतिमा कारोबार हुँदै छ ?

अर्थ राजनीति  ~  साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा शुक्रबार एक सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको हो । शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४५ रुपैयाँ कायम […]

” सबै क्षेत्रमा जलविद्युत् ऊर्जा पुर्याइन्छ ” : ऊर्जामन्त्री भुसाल

अर्थ राजनीति  ~  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशमा खपत हुने ऊर्जामा विद्युतीय ऊर्जाको हिस्सा बढाउँदै लैजाने बताएकी छिन। सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनमा आज उाले आम जनतामा विद्युत्को पहुँच बढाउँदै सबै क्षेत्रमा विद्युतीय ऊर्जा पुर्याउने अभियानमा सहयोग गर्न सम्बन्धीत सबै पक्षसँग आग्रह गरेकी छिन् । मन्त्री भुसालले भनिन्, “उद्योग, […]

प्रधानमन्त्री देउवा : ” हाम्राे कामकाे सारा संसारले प्रशंसा गरेकाे छ “

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरूलाई चाँडै न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेकाे ७३औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा प्रधानमन्त्री देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरूलाई चाँडै न्याय दिलाउने बताएका हुन् । उनले राम्रोसँग क्षतिपूर्ति दिएर भए पनि द्वन्द्वकालीन घटनाका पीडितहरूलाई न्याय दिलाउने प्रतिबद्धता […]

पुस ४ गतेदेखि १२ देखि १८ वर्षकालाई कोरोना खोप

अर्थ राजनीति  ~  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२–१८ वर्षका बालबालिकालाई पुस ४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेकुमार लालका अनुसार ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप दिइने छ । हिमाली जिल्लासहित ५७ जिल्लाका विद्यालयमै खोप केन्द्र तोकेर बालबालिकालाई खोप दिइने उनले बताए । यसअघि फाइजर […]

पुषमा अभाव चर्किने भन्दै बैंकरहरु गभर्नर कहाँ पुगे

अर्थ राजनीति  ~  अहिले  कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतमाथि छ। अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गर्ने पैसासमेत नभएपछि बैंकहरुले हरेक दिन स्थायी तरलता सुविधा (एसएलएफ) र ओभरनाइट रिपो लिइरहनु परेको छ। तत्कालै सरकारी विकास खर्च हुने संभावना न्यून छ। सरकारको पछिल्लो पाँच बर्षको विकास खर्चलाई विश्लेषण गर्ने हो भने- चालु बर्षको पहिलो ६ महिनामा […]

शेयर बजारमा घट्यो उत्साह, राजश्व पनि घट्यो

अर्थ राजनीति  ~  शेयर बजार लगातार घट्दा यसको असर दैनिक कारोबारमा समेत देखिएको छ । बजार घटेसँगै शेयर लगानीकर्ताहरु निस्क्रिय हुने क्रम बढेको छ भने यसले दैनिक हुने कारोबार संख्या र सरकारलाई प्राप्त हुने राजश्वमा समेत असर गरेको छ । शेयर बजारको सम्पूर्ण लेखाजोखा राख्ने निकाय सिडिएसी एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका […]