आज प्रतिनिधि सभाको बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल

अर्थ राजनीति  ~  नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद भवन जाँदा अनामनगर-थापागाउँको सडक प्रयोग गर्न आग्रह गरेको छ । माइतीघर-तिनकुने सडकखण्डमा एमसीसी विरोधीहरुले प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुनसक्ने भन्दै कांग्रेसले अनामनगर-हनुमानथान-थापागाउँको रुट प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेको हो । कांग्रेस संसदीय दलको तर्फबाट सांसदहरुलाई पठाइएको एसएमएसमा लेखिएको छ, ‘आज फागुन १२ गते संसद भवन पुग्नको […]

एमसीसी विरोधी प्रदर्शनमा बढी बल प्रयोग नगर्नु : राष्ट्रिय मानवअधिकार आयोग

अर्थ राजनीति  ~  प्रतिनिधिसभामा अनुमोदनका लागि पेस भएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा भइरहेका प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । एमसीसी सम्झौताको विरोधमा विभिन्न राजनीतिक दल, तिनका भ्रातृ संगठनका कार्यकर्ता तथा सर्वसाधारणले विगत केही दिनदेखि गर्दै आइरहेको प्रदर्शनको क्रममा हिंसात्मक गतिविधि भएको अवस्थाप्रति आफ्नो […]

माओवादीले संसद् बहिष्कार नगर्ने तर एमसीसीको विपक्षमा मतदान गर्ने

अर्थ राजनीति  ~  माओवादी केन्द्रले बिहीबारको संसद् बैठक बहिष्कार नगर्ने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यसूची छ । माओवादीका नेता नारायणकाजी श्रेष्ठले आजको संसद् बैठक बहिष्कार नगर्ने, तर भोटिङ भएमा एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन् । ‘हाम्रो पार्टीले आजको संसद् बैठक बहिष्कार गर्दैन, तर एमसीसी संसदमा निर्णयार्थ […]

एमसिसीले हाम्रो सार्वभौमसत्तामा कुनै असर गर्दैन” : केपी ओली

अर्थ राजनीति  ~   मिलेनियम च्यालेन्ज कर्पोरेसन, जसलाई एमसिसी भन्ने गरिएको छ। यसको धेरै लामो इतिहासमा छ। यो सन् २००४ मा स्थापना भएको अमेरिकी सरकारको सहयोग निकाय हो।  यो सुशासन, जनतामा लगानी र आर्थिक स्वतन्त्रता लगायतका निश्चित परिसूचकका आधारमा विश्वका विकासशील राष्ट्रहरूको छनोट गरेर आर्थिक वृद्धिमा टेवा पुर्‍याउँदै गरिबी घटाउन अनुदान सहायता गर्ने कार्यक्रम हो । […]

कामु प्रधानन्यायाधीश कार्कीले बोलाए न्याय परिषदको बैठक

अर्थ राजनीति  ~  कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषदको बैठक बोलाएका छन् । बुधबारको बैठकले विशेष अदालतमा रिक्त अध्यक्ष र सदस्य पदमा न्यायाधीश सिफारिस गर्ने परिषदका प्रवक्ता एवं सहसचिव मानबहादुर कार्कीले जानकारी दिए । परिषदमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, वरिष्ठतम न्यायाधीशको रुपमा मीरा खड्का र दुई सदस्यहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद […]

प्रचण्ड र ओलीसँग गृहमन्त्री खाँणको भेटवार्ता

अर्थ राजनीति  ~  संसदमा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्नेलगायत विषयमा विचार-विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । गृहमन्त्री खाँणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटार […]

आजको कारोबार : सुनको मूल्य घट्दा चाँदी भने बढ्यो

अर्थ राजनीति  ~  साताको चौथो दिन आज बुधबार बजारमा सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ५ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९६ हजार रुपैयाँमा कारोबार […]

एमसिसीमा डा. भट्टराईले दिए दुई विकल्प

अर्थ राजनीति  ~  अमेरिकी अनुदान सहयोग एमसिसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुई विकल्प अगाडि सारेका छन् । उनले पहिलो विकल्प, गठबन्धन दल सबैले एमसिसीको पक्षमा भोट हाल्नुपर्ने बताएका छन् । तर, अहिलेको परिस्थितिमा यो सम्भव देखिँदैन । पाँच दलीय […]

नेपाल र भारत बीच ऊर्जा सचिवस्तरीय बैठक सुरु , बिजुली बिक्रीको प्रस्ताव राखिने

अर्थ राजनीति   ~  विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आज बुधबारदेखि सुरु हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कोरोनाका कारण प्रत्यक्षरुपमा हुन नसकेको बैठक यसपटक भौतिकरुपमा नै हुन लागेको हो । विसं २०७६ असोज २७ र २८ गते […]

गठबन्धन नजोगिए एमालेसँग सम्बन्ध गाँस्ने रणनीतिमा देउवा

अर्थ राजनीति  ~  एमसीसी अनुमोदन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनलाई मनाउन लागेकै छन्। तर, माओवादी केन्द्र र एकीकृत समाजवादी दोहोरो भूमिकामा देखिएका छन्। त्यही भएर प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट बढाएका छन्। देउवा र ओलीबीच मंगलबार भेटवार्ता भए पनि सहमति भने नभएको नेताहरूले बताएका छन्। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले […]