ओली र सिंहबिच भेटघाट

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद प्रकाशमान सिंह नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आइतबार बालकोट पुगेका छन्। निर्वाचनको परिणाम अन्तिम चरणमा रहेको र नयाँ सरकार बन्ने तयारी भइरहेका बेला प्रधानमन्त्रीको दौडमा रहेका सिंहले ओलीलाई भेटेपछि अनेकन आशंका गरिएको छ ।ओली र सिंह भेट भएको पुष्टि […]

माओवादी नेताहरुको निष्कर्ष : “चुनावमा कांग्रेसले धोका दियो”

अर्थ राजनीति  ~  सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले  नेपाली कांग्रेसले धोका दिएको निष्कर्ष निकालेका छन् । माओवादीसहित  एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत दलहरूले काँग्रेसलाई इमानदारिताका साथ मत दिएपनि कांग्रेसले धोका दिएको आरोप लगाएका हुन । गठबन्धनमा सहभागी दलहरूले एक आपसमा मत नदिँदा एमाले मजबुत भएर आएको नेताहरूको बुझाई छ । चुनावी परिणामकै […]

पहिलो प्रयासमै उदाएको लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी

अर्थ राजनीति  ~  पहिलो प्रयासमै राष्ट्रिय स्वतन्त्र पार्टीका ७ उम्मेदवार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देशभरबाट राम्रो मत पाएको सो पार्टी प्रत्यक्षमा काठमाडौंसहित चितवन र ललितपुरमा विजयी भएको हो । सो पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट ४९ हजार २६४ मतका साथ विजयी भए । यस्तै चितवन २ बाट हरि ढकाल ३४ हजार […]

समानुपातिकमा कसकाे कति मत ?

अर्थ राजनीति  ~   गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोग अनुसार आज बिहान १० बजेसम्मको मतगणना परिणामअनुसार प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ । समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले अहिलेसम्मकाे मत गणना परिणामअनुसार १० लाखभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० […]

मर्जर : एनसीसी बैंकले मंसिर २५ गते बोलायो विशेष साधारण सभा

अर्थ राजनीति   ~  नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले मंसिर २५ गते विशेष साधारण सभा बोलाएको छ । बैंकको मंसिर ७ गतेको सञ्चालक समितिको बैठकले अनमोल ब्याङक्वेट, शंखमुल, काठमाडौंमा दिउसो १ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले कुमारी बैंकसँगैको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । दुई बैंकबीच मर्जरका लागि तय भएको एक बराबर […]

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा स्थानीय बजारमा भने स्थिर

अर्थ राजनीति  ~  साताको अन्तिम दिन सुनको मूल्य स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा स्थानीय बजारमा अघिल्लो दिनको मूल्य  प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम छ। बिहीबार सुन तोलामा एक हजार रुपैयाँले बढ्दै प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य शुक्रवार तोलामा ५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायि महासंघका […]

अब कसको नेतृत्वमा सरकार बन्ला ?

अर्थ राजनीति  ~  हालसम्मको चुनावी परिणाम अनुसार सबैभन्दा ठूलो दल बन्दैछ -नेपाली कांग्रेस। बिहीबार राति ८ बजेसम्म प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कांग्रेसले ३३ सिट जितेर पहिलो दल बन्ने बाटोमा छ। समानुपातिकमा भने दोस्रो स्थानमा छ। २०७४ को प्रतिनिधि सभामा सबैभन्दा बढी सिट जितेर पहिलो बनेको एमाले यसपटक प्रत्यक्षतर्फको निर्वाचनमा हालसम्म दोस्रो स्थानमा छ। एमालेले २१ सिटमा […]

विजुली व्यापारमा उत्साह: आयात भन्दा निर्यात धेरै हुने

अर्थ राजनीति  ~  नेपाल विद्युत प्राधिकरणले पहिलो पटक आयात भन्दा बढी विजुली निकासी गर्ने भएको छ। भारतबाट विजुली ल्याएर लोडसेडिङ हटाएको आलोचना खेप्दै आएको प्राधिकरणले यो वर्ष एक अर्ब भन्दा बढी युनिट भारत निकासी गर्ने भएको हो।गत वर्ष एक अर्ब युनिट भारतबाट विजुली आयात भएको थियो। गत वर्ष प्राधिकरणले १ अर्ब ५४ करोड युनिट विद्युत […]

कतार विश्वकप : आज पनि चार खेल हुँदै

अर्थ राजनीति  ~  कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् । दिउँसो पौने ४ बजेबाट सुरु हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेका स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, साँझ पौने ७ बजे सुरु हुने दोस्रो […]

एमाले र माओवादीका ‘महासचिव’ पराजित

अर्थ राजनीति  ~  यो पटकको निर्वाचनमा नेपालका ठुला दुई कम्युनिस्ट पार्टीका महासचिवद्धय पराजित भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ प्रतिनिधिसभा सदस्य पदमा पराजित भएका हुन् । पोखरेललाई दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले पराजित गरेकी हुन् भने माओवादीका गुरुङलाई एमालेका उपमहासचिव समेत […]