पूर्वडीआईजी शाह: दुनियाँ हुकुमी शासनले चल्दैन, खोक्न र स्टन्ट गर्न बन्द गर्नुस्

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने लक्षित आजको दुनियाँ हुकुमी शासनले नचल्ने टिप्पणी गरेका छन् ।गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नासाथ एकपछि अर्को निर्देशन दिइरहेका बेला  शाहले उनी लक्षित जे पायो त्यै खोक्न र स्टन्ट बन्द गर्न सुझाव दिएका हुन् ।उनले भने, ‘आजको दुनियाँ हुकुमी शासनले चल्दैन मन्त्रीज्यू !  जे गर्नु छ कानूनअनुसार गर्नुस् । कानून छैन भने बनाएर लागू गर्नुस् ।’उनले काम गर्न हल्ला र चटक नगर्नसमेत गृहमन्त्री रविलाई सुझाव दिए । ‘मन्त्री हुनु भनेको सर्कसको चटके होइन । जे पायो त्यै खोक्न र स्टन्ट गर्न बन्द गर्नुस् । सन्दुक रुईत, भगवान कोइराला र कुलमानले स्टन्टबाजी गरेर नागरिकको मन जितेका होइनन् । परिणाम दिएर जितेका हुन् । काम गर्न हल्ला र चटक गर्नु पर्दैन ।’ गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नासाथ उनले पहिलो निर्णय गर्दै निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका थिए । गृहमन्त्री लामिछानेकै निर्देशनमा अहिले केन्द्रीय अनुसन्धान ब्युरोका डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन भएको छ ।निर्मला पन्तको बलात्कार तथा हत्याको घटना अनुसन्धानका लागि सीआईबीका डीआईजी सिंह नेतृत्वको टोली कञ्चनपुर पुगिसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्