” सबैले कानुनको पालना गर्नस् ” : गृहमन्त्री लामिछाने

अर्थ राजनीति  ~  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन् । आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जानकारी दिए। “सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु”, उनले […]

युनाइटेड र अजोड इन्स्योरेन्सबीच मर्जर सम्झौता

अर्थ राजनीति  ~  युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड गाभिने भएका छन् । सम्झौतामा दुवै कम्पनीका मर्जर समितिका सञ्चालकहरु रविन्द्रराज पन्त र चिरञ्जीवी द्वाले हस्ताक्षर गरेका छन् । गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड हुने सहमति भएको छ ।

माघदेखि ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

अर्थ राजनीति ~  नेपाल बैंकर्स संघको नयाँ अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी निर्वाचित भएलगत्तै बुधबार साँझ बसेको बैठकले अहिले दिईदै आएको ब्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा १० प्रतिशत घटाउने निर्णय गरेको हो । वाणिज्य बैंकहरुले ब्यक्तिगत मुद्दती खातामा १२ दशमलव १३ प्रतिशत दिंदै आएकोमा माघदेखि उक्त ब्याजदर ११ प्रतिशतमा झर्ने छ […]

मन्त्रिपरिषद् विस्तारको तयारी, सत्ता साझेदार दलको बैठक बस्दै

अर्थ राजनीति  ~  मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुङ्गोमा पुर्‍याउन सत्ता साझेदार दलको बैठक बस्दैछ । आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । बैठकमा मन्त्रिपरिषद्को विस्तार, सभामुखको निर्वाचन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल हुने बताइएको छ । बुधबार साँझ प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का अध्यक्ष […]

बैंकर्स संघको अध्यक्षमा सुनिल केसी, भोलि औपचारिकता दिइँदै

अर्थ राजनीति  ~  नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निश्चित भएका छन्। संघको बुधबार हुने विशेष साधारणसभाले केसीलाई निर्विरोध निर्वाचित गर्ने भएको हो। केसी अहिले संघको उपाध्यक्ष छन्। अघिल्ला अध्यक्ष अनिल उपाध्यायको कृषि विकास बैंकमा कार्यकाल सकिएपछि संघको नेतृत्व रिक्त भएको हो। संघको विधानले प्रमुख कार्यकारी अधिकृत नहुने बित्तिकै संघमा रहेको पद पनि जाने व्यवस्था […]

गृह मन्त्रालयको सूचना : भोलि सार्वजनिक बिदा

अर्थ राजनीति  ~ सरकारले भोलि  बुधबार सार्वजनिक बिदा दिएको छ । पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा उल्लख छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको म‌ंगलबार जारी सूचनामा उल्लेख छ ।  

कांग्रेसको निर्णयसँगै संसद प्रतिपक्षविहीन

अर्थ राजनीति  ~  प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेसँगै संसद प्रतिपक्षविहीन हुने भएको छ। प्रचण्ड सरकारको विपक्षमा अब संसदमा राष्ट्रिय  जनमोर्चा र नेपाल मजदुर किसान पार्टी मात्र उभिने भएका छन्। एक-एक सांसद भएका यी दुई दलले प्रचण्डको विपक्षमा मतदान गर्ने भए पनि उनीहरूले संसदमा […]

प्रभु र सेन्चुरी बैंकले आजदेखि थाले एकीकृत कारोबार

अर्थ  राजनीति  ~  प्रभु बैंक र सेन्चुरी बैंकले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई बैंक आपसमा गाभिएर प्रभु बैंकको नामबाट आजदेखि कारोबार सुरु गरेका हुन् । आपसमा गाभिएपछि बनेको प्रभु बैंकमा प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन नै रहनेछन् । यसअघि पनि शेरचनले नै प्रभु बैंकको कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । सेन्चुरीसँग […]

सरकारको २१ बुँदे नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक

अर्थ राजनीति  ~  सात दलीय सत्ता साझेदार दलले २१ बुँदे सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन् । सोमबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसहित सत्ता साझेदार दलको उपस्थितिमा अर्थमन्त्री पौडेलले […]

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्वीप

अर्थ राजनीति  ~ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ। रास्वपाका एक सांसदका अनुसार विश्वासको मतका लागि आज हुने मतदानमा प्रस्तावका पक्षमा मत दिन ह्वीप जारी भएको हो। प्रतिनिधि सभामा रास्वपाका २० जना सांसद छन्। रास्वपाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको थियो। सभापति रवि लामिछाने उपप्रधानसहित […]