प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्वीप

Machchapuchchre

अर्थ राजनीति  ~ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ। रास्वपाका एक सांसदका अनुसार विश्वासको मतका लागि आज हुने मतदानमा प्रस्तावका पक्षमा मत दिन ह्वीप जारी भएको हो। प्रतिनिधि सभामा रास्वपाका २० जना सांसद छन्। रास्वपाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको थियो। सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेर सरकारमा गएका छन्। प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि अहिले बिहान ११ बजे बस्ने भनिएको संसद बैठक दिउँसो १ बजेसम्मका लागि सरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्