राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

अर्थ राजनीति  ~  राष्ट्रिय  प्रजातन्त्र पार्टी (राप्रपा )को केन्द्रीय कार्य सम्पादन समितिको बैठक बिहीबार बस्दैछ । राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बैठकमा हालको समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विविध विषयमा छलफल हुने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले […]

बैंकहरूको मनोमानीमा राष्ट्र बैंकको मौन समर्थन

अर्थ राजनिति  ~  चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरूको स्प्रेडदर (कर्जा र निक्षेप बीचको अन्तर) घटाउँदै लैजाने र आधारदरलाई समेत निश्चित सीमा राख्ने नीति लिएको छ । तर, वाणिज्य बैंकहरूले मौद्रिक नीतिलाई बेवास्ता गर्दै आफूखुसी स्प्रेडदर र आधारदर बढाएका छन् । बैंकहरूले कर्जा लगानीमा अधिक नाफा राखेको भन्दै राष्ट्र बैंकले […]

राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न निर्वाचन आयोगमा उजुरी

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ । युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेजी माग गर्दै बुधबार निर्वाचन आयोगमा उजुरी दर्ता गराउनुभएको हो । उजुरीमा पौडेलले रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी दर्ता भएकोले पार्टी खारेज गर्नुपर्ने माग […]

अल्पकालीन ब्याजदर घट्दै

अर्थ राजनीति  ~  बैंकिङ प्रणलीमा तरलता सहज भएसँगै अल्पकालीन ब्याजदर क्रमशः घट्दै गएको छ । गत १० साउनमा ९१ दिन अवधिको ट्रेजरी बिलमा १३.९९९८ प्रतिशसम्म ब्याजदरमा बोलकबोल पेश गरेका बैंकहरुले अब भने ब्याजदर घटाउँदै लगेका छन् । नेपाल राष्ट्र बैंकले ८.५ प्रतिशत बैंकदर कायम राख्दा पनि १७ माघ बिहीबार २८ दिन अवधिको ट्रेजरी बिल न्यूनतम […]

माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

अर्थ राजनीति  ~ नेकपा (माओवादी केन्द्र)ले आज बोलाएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित गरेको छ। बैठक भोलि बस्ने गरी सरेको महासचिव देव गुरुङले  जानकारी दिए। आवश्यक तयारी नपुगेको र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ। माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका […]

प्रेम प्रसाद आचार्य आत्मदाह प्रकरण

अर्थ राजनीति  ~  इलामका प्रेम प्रसाद आचार्यले आत्मदाह गर्नुअघि दिएको वक्तव्यमा उल्लेख गरेका व्यक्तिहरुसँग प्रहरीले अनुसन्धान थालेको छ । भाटभटेनी सुपर मार्केटसहित विभिन्न १२ वटा पक्ष वा व्यक्तिहरूमाथि अनुसन्धान गर्नुपर्ने प्रहरीको निष्कर्ष छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार अनुसन्धान पुरा भएपछि सरकारी वकिल कार्यालयसँग राय लिएर मुद्दा अघि बढाइने छ । […]

रबि लामिछानेको नयाँ नागरिकता पनि ‘विवादमा’

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ । राज्यशक्तिको दुरूपयोग गर्दै प्रक्रिया विपरीत नागरिकता प्रमाणपत्र पुनः प्राप्ति गरेको आरोप लामिछाने माथि छ । लामिछानेविरुद्धको नागरिकता मुद्दामा सर्वोच्च अदालतले यही माघ १२ गते विदेशी नागरिकता त्यागे पनि नेपाली नागरिकता नलिएको फैसला सुनाएपछि उनको […]

प्रधानमन्त्री : “प्रवासी नेपालको समस्या समाधान गर्न शक्तिशाली आयोग बनाउने “

अर्थ राजनीति  ~  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासी नेपालीहरूको समस्या समाधान गर्न छुट्टै शक्तिशाली आयोग बनाउन सकारात्मक रहेको बताएका छन् । माओवादी केन्द्रको प्रवास समन्वय समितिले बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउने क्रममा उनले आयोग बनाउने विषयमा सकारात्मक जवाफ दिएका हुन् ।विदेशमा बस्ने नेपालीले धेरै प्रकारका […]

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

अर्थ राजनीति  ~  सत्ता गठबन्धनमा खटपट परिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ । गृह मन्त्रालय पुनः राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने कि नदिने भन्ने विषयलाई लिएर सत्ता साझेदार दलहरुबीच विवाद बढेको छ […]

घट्यो अन्तर बैंक एटीएम शुल्क

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो ।राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा प्रतिकारोबार बढीमा […]