सुनको मुल्यमा नयाँ रेकर्ड कायम

अर्थ राजनीति  ~  नेपालमा सुन प्रतितोला अहिले सम्मकै उच्च मुल्यमा पुगेको छ । आईतबार सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको छ । नेपाली बजारमा आइतबार सुनको मूल्यले एतिहासिक नयाँ रेकर्ड हो । लगातार बढिरहेको सुनको मूल्य आज हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा चार सय रुपैयाँ […]

” प्रचण्ड आफैंले अस्थिरताको अगुवाइ गर्दैछन् ” : गोकर्ण विष्ट

अर्थ राजनीति  ~  नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा अस्थिरता निम्ताउने कामको अगुवाइ गरिरहेको आरोप लगाएका छन् । प्रेस चौतारी मकवानपुर शाखाले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्डले देशभित्र र बाहिरका शक्ति केन्द्रको स्वार्थमा काम गरिरहेको टिप्पणी गरे । ‘देशमा राजनीतिक अस्थिरता निम्त्याउने, अन्यौलता निम्त्याउने बर्बादीको दिशातिर लैजाने कामको नेतृत्व […]

उपनिर्वाचन : वैशाख १० गते नै चितवन, तनहुँ र बारामा

अर्थ राजनीति ~  निर्वाचन आयोगले प्रतिनिधिसभाको रिक्त रहेका ३ निर्वाचन क्षेत्रमा एकसाथ उपनिर्वाचन गर्ने आन्तरिक तयारी थालेको छ । राष्ट्रपति निर्वाचनका कारण रिक्त बनेको तनहुँ क्षेत्र नम्बर १, उपराष्ट्रपति निर्वाचनका कारण रिक्त बनेको बारा क्षेत्र नम्बर २ का लागि सोमबार निर्वाचन कार्यक्रम घोषणा गर्ने आयोगको तयारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता […]

चैतमा बैंकको खराब ऋण थप बढ्दै

अर्थ राजनीति  ~  पोहोरभन्दा दोब्बरले बढेको वाणिज्य बैंकहरुको खराब ऋण चैतमा थप बढ्ने देखिएको छ। बैंकरका अनुसार, चल्तिका व्यापार व्यवसायबाट पनि पैसा उठ्न छाडेको छ। साना तथा मझौला, घर तथा गाडी, उद्योगसँगै अब व्यापारिक प्रयोजनका ऋण पनि बिग्रिन थालेका छन्।  ‘असोजभन्दा पुस, पुसभन्दा चैत झन् झन् चुनौतीपूर्ण देखिएको छ,’ एक बैंकरले  भने, ‘अहिलेसम्म कहिले ऋणमा […]

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार

अर्थ राजनीति ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई बधाई दिन बालुवाटार बोलाएका छन्।  शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवासमा खेलाडीलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री दाहाल आफैं उपस्थित भएर खेलाडीलाई हौसला प्रदान गरेका थिए। विश्व क्रिकेट लिग–२ मा बिहीबार यूएईलाई हराउँदै नेपाल विश्वकप […]

उप प्रधानमन्त्रीमा कांग्रेसबाटै ६ आकांक्षी

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट सरकारको उपप्रधानमन्त्री सहितको नेतृत्वमा पुग्न ६ नेताले आकांक्षा देखाएका छन् । सत्ता गठबन्धन आबद्ध दलले उपराष्ट्रपति निर्वाचन सकिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उपराष्ट्रपति निर्वाचन आजै हुँदै छ ।१३ फागुनमा बनेको वर्तमान सत्ता गठबन्धनमा नेपाली कांग्रेस मुख्य निर्णायक शक्तिका रूपमा छ । सरकारको नेतृत्व […]

बैंकमा बढ्दो अराजकता, कतै आक्रमण कतै बिरोध

अर्थ राजनीति ~  बिहीबार दिउँसो म्याग्दीस्थित एनआईसी एसिया बैङ्कको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि ज्यान लिने उद्देश्यसाथ साङ्घातिक आक्रमण भएको छ । घटना २ – फागुन १७ गते जाजरकोटको भेरी नगरपालिकामा किस्ता उठाइरहेका एनआईसी एसिया लघुवित्तका एक जना कर्मचारीलाई दुई जना अज्ञात व्यक्तिले कालोमोसो दलेर कर्मचारीबाट नगदसहितको झोला लुटपाट […]

गृहमन्त्रालयमा तीन पार्टीको दाबी : कसले मार्ला बाजी !

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हालिरहेका गृह, अर्थसहित १६ वटा महत्वपूर्ण मन्त्रालयमध्ये नेकपा एस, नेपाली कांग्रेस र माओवादी केन्द्रले गृह मन्त्रालयको दाबी गरेको छन् । पछिल्लो गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेकपा एसका नेताहरूले गृहसहितका तीन महत्वपूर्ण मन्त्रालय दाबी गरेका हुन् । ठूलो पार्टीको हिसाबले सन्तुलन मिलाउन पनि गृह र अर्थ कांग्रेसले दाबी […]

उपराष्ट्रपति निर्वाचन आज

अर्थ राजनीति   ~   सङ्घीय संसद् नयाँबानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ः४५ बजेसम्मको मतदानमा ४ सय ९ मत खसेको छ । सो समयसम्म सङ्घतर्फ १५८ र प्रदेशतर्फ २ सय ५८ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान  सुरु भएको हो । […]

एकीकृत समाजवादीको तीन मन्त्रालय दाबी

अर्थ राजनीति  ~  उपराष्ट्रपतिको निर्वाचनपछि हुने मन्त्रिमण्डल पुनर्गठन नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालय नछोड्ने गरी दाबी गर्ने भएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका नेता राजेन्द्र पाण्डेले अब हुने मन्त्रिमण्डल पुनर्गठनमा आफ्नो पार्टीले तीनवटा मन्त्रालय पाउने गरी गठबन्धनको बैठकमा दाबी गर्ने बताए । ‘कांग्रेसले राष्ट्रपति पायो, माओवादीले प्रधानमन्त्री र जसपाले उपराष्ट्रपति पाउने गरी हामी […]